कर्पोरेट

एनसेल र आजीयाटाको रिब्राण्डिङसँगै नयाँ लोगो सार्वजनिक

एनसेल र आजीयाटाको रिब्राण्डिङसँगै नयाँ लोगो सार्वजनिक
Ncell साउन – ३२ । आजीयाटा सम्बद्ध एनसेल कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनिक भएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर रहेको विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्समा आजीयाटाको एकल लगानी छ । एनसेल र सो कम्पनीले आफूहरुको रिब्राण्डिङ घोषणा गरेका हुन् । अब एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानीय धरोहरको बेजोड मेल भएको कम्पनीले जनाएको छ । आधुनिक प्रविधिलाई अपनाउँदै नेटवर्क बिस्तार गर्ने र सेवालाई अझ सुदृढ गर्ने एनसेलले जनाएको छ । नयाँ ब्राण्डसँगै एनसेलले साउन ३२ गतेबाट लागुहुने गरी नयाँ योजना ल्याएको छ । एनसेलका ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५ सय एसएमएस निःशुल्क उपयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाईम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ । एसियाको प्रमुख दूरसञ्चार समूहका रुपमा रहेको आजियाटा दक्षिण एसियामा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ । सेवा लिन भने ग्राहकले *17121# डायल गनुपर्छ र सो योजना एनसेलको कुनै पनि अर्को नम्बरमा कल र एसएमएस पठाउन प्रयोग गर्न सकिन्छ ।

Axiata Ncell

विशेष