Technology

स्मार्ट फोनलाई ३० मिनेट बन्द गर्दाको फाइदा

स्मार्ट फोनलाई ३० मिनेट बन्द गर्दाको फाइदा

आज भोलि जो कोही ले पनि स्मार्ट फोन चलाएको देख्न सक्छौँ । प्रविधिको विकास सँगै स्मार्ट फोन पनि नयाँ नयाँ विशेषतासँग आइरहेका छन् । यसले हामीलाई निकै सुविधा र मनोरञ्जन प्रधान गरिरहेको छ ।

तर यसको धेरै उपयोग गर्दा यसले आफ्नो गतिमा काम गर्न सक्दैन र विभिन्न समस्या देखापर्छन् । मोबाइलका लागि फायल शेयर गर्ने सफ्टवेयर बनाउने कम्पनी एसिलियोनका प्रमुख कार्यकारी योर्गन एडहोल्मले स्मार्ट फोन दैनिक ३० मिनेट बन्द राख्न सल्लाह दिएका छन् । यसले तपाईँको स्मार्ट फोनलार्ई स्मार्ट रहन मद्धत गर्दछ ।

स्मार्ट फोनमा प्रयोग हुने ब्याट्रीको आयु भनेको ३ सय देखि ५ सय पटकसम्मको रिचार्ज हो । ५ सय पटक रिचार्ज गरिसकेपछि ब्याट्रीको क्षमता ६० प्रतिशतसम्म घट्छ । फोन बन्द गर्दा ब्याट्री प्रयोग हुँदैन र ब्याट्रीको बचत हुन्छ । मोबाइल अफ गर्दा धेरै तात्ने समस्याको समाधान पनि हो । २४ सैं घन्टा मोबाइल चलाउने मानिसको मस्तिष्कको लागि हानिकारक हुन्छ ।

मोबाइल फोनसँगै अफिसको वा अन्य कुनै पनि काम गर्दा मस्तिष्कलाई बोझ पर्न जान्छ । तर यदी तपाईंले ३० मिनेट मोबाइल अफ गर्नुभयो भने तपाईंको स्मार्ट फोनले मात्र होइन मस्तिष्कले पनि आराम पाउँछ । एक अध्ययन अनुसार ६१ प्रतिशत मानिसले मोबाइलमा आउने नोटिफिकेशन तत्कालै हेर्न चाहन्छन् । बारम्बार नोटिफिकेशन हेर्दा काममा एकाग्रता नहुन सक्छ । त्यो ६१ प्रतिशतमा तपाईं पनि पर्न सक्नुहुन्छ । त्यसैले मोबाइललाई ३० मिनेट बन्द राख्नु भयो भने तपाईंको ध्यान मोबाइलमा जाँदैन र यो समयमा कुनै महत्वपूर्ण कामलाई एकाग्रता दिएर पुरा गर्न सक्नुहुन्छ ।

Mobile Mobile Problem

विशेष