कृष्णसारको सङ्ख्यामा वृद्धी
साउन ३२ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा कृष्णसारको सङ्ख्या ४५ पुगेको छ ।
वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्यामा वृद्धि भएको हो । कृष्णसारको व्यवस्थापनको कार्य गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको अधिकृत अनिल प्रसाइँका अनुसार भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ रहेको छ ।
विसं २०६९ असोज २ र ४ गते नेपालगन्जबाट आठ भाले १४ पोथी गरी तथा विसं २०६९ असोज १५ गते ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार ल्याइएको थियो । कृष्णसारलाई पौष्टिक तत्वको कमी हुन नदिनका लागि दैनिक पाँच किलोका दरले भटमास, चना, चोकर र औषधि उपलव्ध गराउँदै आएको प्रसाइँले बताए ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले अतिरिक्त खानाको व्यवस्था गरेका कारण समेत कृष्णसारको सङ्ख्या बढेको जानकारी दिएका छन् । कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चारवटा पोखरी र दुई वटा छहारी घर निर्माण गरिएका छन् । रासस
krishna sar ma bridhi
suklafata arkshya