एन्फाको साधारणसभा कात्तिक दोस्रो साता

साउन - ३२ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा आगामी कात्तिक दोस्रो हप्ता काठमाडौंमा हुने भएको छ ।
मंगलबार बसेको एन्फाको कार्यसमिति बैठकले कात्तिक ८ गते नयाँ नेतृत्वका लागि साधारणसभा गर्ने निर्णय गरेको हो । भ्रष्टाचार अभियोगमा गत वर्ष कात्तिकमा अध्यक्ष गणेश थापालाई प्रतिबन्ध लागेपछि हाल नरेन्द्र श्रेष्ठ एन्फाको कार्यबाहक अध्यक्ष रहेका छन् । त्यस्तै ललितकृष्ण श्रेष्ठको निधन भएपछि एन्फाको उपाध्यक्ष पद पनि रिक्त छ ।
AANFA
Anfa
