मनोरञ्जन

मनीषाले ४६ औँ जन्मदिन मनाउँदै गर्दा यस्तो पर्यो फर्साद

मनीषाले ४६ औँ जन्मदिन मनाउँदै गर्दा यस्तो पर्यो फर्साद
manisha-koirala_660_101713115816 साउन–३२ । बलिउड फिल्ममा अभिनय गरेर कुनै बेला झण्डै–झण्डै नम्बर एक अभिनेत्री बनेकी मनीषा कोइरालाले मंगलबार आफ्नो ४६ औं जन्मदिन मनाउँदैछिन् । मनीषाले लामो समयसम्म बलिउडमा अभिनय गरेकी थिइन् । उनको अभिनय र सुन्दरता दुवै बलिउडमा मन पराइएका थिए । सन् १९८९ मा नेपाली फिल्मबाट करिअर शुरु गरेकी मनीषाले सन् १९९१ मा ‘सौदागर’ मा देखिएकी थिइन् । त्यसपछि उनको करिअर उकालो लाग्यो र ९० को दशकमा उनले सबैभन्दा चर्चित सेलिब्रेटीसँग काम पनि गरिन् ।

[su_pullquote align="right"]मनीषाले सलमान खान, शाहरुख खान, आमिर खान, गोविन्दा र सञ्जय दत्त जस्ता सेलिब्रेटी मात्र होइन नाना पाटेकर जस्ता चरित्र अभिनेतासँग पनि काम गरिन् । तर उनी चर्चित मात्र होइन विवादमा पनि धेरै चोटी परिसकेकी छिन् ।[/su_pullquote]

मनीषाले सलमान खान, शाहरुख खान, आमिर खान, गोविन्दा र सञ्जय दत्त जस्ता सेलिब्रेटी मात्र होइन नाना पाटेकर जस्ता चरित्र अभिनेतासँग पनि काम गरिन् । तर उनी चर्चित मात्र होइन विवादमा पनि धेरै चोटी परिसकेकी छिन् । करिअरको उतार चढावका क्रममा मनीषा मदिरा सेवन गरेर सार्वजनिक स्थलमा पनि देखिइन् । करिअर डाउन हुन थालेपछि भने मनीषा नशामा डुब्न थालिन् । मदिरादेखि लागु औषध सम्म उनले सेवन गरिन् र ड्रग एडिक्ट पनि भइन् । मदिरा सेवन गर्न छोडेपछी उनलाई क्यान्सर लाग्यो । सन् २०१० मा नेपाली युवक सम्राट दाहालसँग विवाह गरेकी उनी सन् २०१२ मै सम्राटसँग छुट्टिइन् । सन् २०१२ मै उनलाई पाठेघरको पनि क्यान्सर हुन पुगेको थियो । उनी अमेरिका गएर लामो उपचार गरेर फर्केकी थिइन् । सन् २०१५ मा उनी फिल्मी जीवनमा फर्किइन् । तर उनले मुख्य भूमिका भने अझै पाउन सकेकी छैनन् ।

manisha koirala

विशेष