काजु खानुस्, डिप्रेसन भगाउनुस्
एजेन्सी – अहिलेको समयमा तनाव नहुने मानिस को होला र ? तनावले जताततै कब्जा जमाएको छ । तनाव विभिन्न कारणले हुन सक्छन् । तनावलाई नियन्त्रण गर्नका लागि मानिसले ध्यान, योग आदि विधिहरु अपनाउने गर्दछन् । यसका अलावा यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ । काजु भिटामिन बीको समृद्ध स्रोत हो । काजुलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिने काजुले शरिरको क्षमतालाई बढाउँछ ।
किन हुन्छ डिप्रेसन ? सामान्य डिप्रेसन तनावको श्रेणीमा आउँदैंन । तर, कुनै पनि काममा मन नलाग्नु, अरुची, कुनै पनि कुराले खुशी नहुनु र दुःखको अनुभूति पनि नहुनु डिप्रेसनको लक्षण हो । डिप्रेसन मानसिक स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसको असर स्वास्थ्यमा पर्छ । यस्तो अवस्थामा व्यक्तिको मनमा अनौठा विचार आउछन् । कुनै पनि कुराले हडबडाउने गर्छन । डिप्रेसन र डाइबिटिज रोगबाट पीडित मानिसमा मुटु रोग, अन्धोपन र मष्तिष्कसंग सम्बन्धी रोग हुने सम्भावना हुन्छ ।
काजुले यसरी हटाउँछ डिप्रेसन काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्धत गर्छ । सेरोटोनिनलाई खुशी राख्ने रसायन भनिन्छ । यसका अलावा यो प्रोटीनको पनि राम्रो स्रोत हो । यसमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हार्मोनको उत्पादन, मष्तिष्कको कार्यमा मद्धत गर्छ । काजुमा एकप्रकारको तेल हुन्छ, यो भिटामिन बीको राम्रो स्रोत हो । यहीकारण यसलाई तत्काल शक्तिदायक खाद्यपदार्थ मानिन्छ । खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ ।
काजुका अन्य फाइदा काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ । जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । यो कोलेस्टेरोलरहित हुन्छ । छालाका लागि पनि काजुलाई दूधमा रगडेर लगाउनाले सुन्दर र नरम हुन्छ । काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ । यसमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ । काजुमा एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन पनि पाइन्छ, जसले क्यान्सरबाट बचाउँछ । यसमा हुने जिंकले संक्रमणविरुद्ध लड्न मद्धत गर्छ ।