देश

स्ववियु निर्वाचनको चुनावी सभा सम्पन्न

स्ववियु निर्वाचनको चुनावी सभा सम्पन्न
Akhil Karantikari भाद्र – १ । अखिल(क्रान्तिकारी)ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचनको चुनावी सभा सम्पन्न गरेको छ । क्रान्तिकारीको चुनावी सभामा बोल्दै नेकपा (माओवादी केन्द्र)का सचिवालयल सदस्य लेखनाथ न्यौपानेले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी उखान टुक्का सुनाएर राष्ट्रियता जस्तो संवेदनशील विषयलाई कमजोर बनाएको आरोप लगाएका छन् । हिमाल, पहाड, तराई जोड्ने प्रगतिशील राष्ट्रवाद आजको आवश्यकता भएकाले पहाडीया राष्ट्रवादको एकहोरो रटानले मुलुकलाई कहिल्यै बलियो नबनाउनले नेता न्यौपानले स्पष्ट पारे । अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले मध्यपश्चिमाञ्चल विश्वविद्यालय अखिलले जन्माएको हुनाले यसलाई फलाउने, फुलाउने जिम्मेवारी पनि अखिलको रहेकोले स्ववियु निर्वाचनमा अखिललाई प्रथम वन्नवाट कसैले रोक्न नसक्ने दाबी गरे । कार्यक्रममा अखिल(क्रान्तिकारी)का उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेत,उपाध्यक्ष पञ्चा सिंह,सभापतिका उम्मेदवार राजेन्द्र वुढा लयायतले मन्तब्य राखेको थिए ।

Akhil Krantikari

विशेष