खेल

रियो ओलम्पिकमा फाइनल पुग्न असफल

रियो ओलम्पिकमा फाइनल पुग्न असफल
भदाै – १ । बुधबार रियो ओलम्पिकको आयोजक ब्राजिललाई हराएर स्वीडेन महिला फुटबल अन्तर्गत फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४–३ ले हराएर स्वीडेनले फाइनलमा स्थान बनाएको हो । Olympic निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । दोस्रो हाफमा ब्राजिलले गोल गर्ने सुन्दर मौका पाए पनि स्वीडेनकी गोलरक्षक हेल्भिङ लिन्डाहलले प्रहार जोगाइन् । टाइब्रेकरमा ब्राजिलले तीन गोल ग¥यो भने स्वीडेनले चार गोल गर्न सक्यो । स्वीडेनले फाइनलमा जर्मनीसँग खेल्नेछ ।

brazil Olympic

विशेष