देश

प्रहरीद्वारा ८ ट्याक्टर नियन्त्रण

प्रहरीद्वारा ८ ट्याक्टर नियन्त्रण
Tracktor भदौ - १ । अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरी ओसारपसार गर्न लागिरहेको अवस्थामा आठवटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर पातुखोलाबाट खटिएको टोलीले आज रा१त २००३, रा१त १५३४, लु२त ६२१९, रा१त १८२३, रा१त १०६४, रा१त ७०६, लु२त ६२१९, लु१त ७८०१ नंम्बरका ट्र्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला विकास समितिको कार्यालय दाङ घोराहीमा पठाइएको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताए । गिट्टी, बालुवा उत्खनन र ओसारपसारमा जिविस दाङले रोक लगाएको छ । रासस

dang

विशेष