
भदौ – १ । बुल्गेरियाका एक खेलाडीले रियोमा रहेको ओलम्पिक भिलेजका चार जना घरेलु महिला कामदारलाई कुटेका छन् । उनी रियो ओलम्पिकमा सहभागी हुन ब्राजिल गएका थिए ।
प्रहरीले ती खेलाडीको नाम भने खुलाएको छैन । ती खेलाडीले महिलालाई लौरीले हान्नुका साथै मुक्का पनि प्रहार गरेको प्रहरीको भनाई छ । उनले एक महिला कामदारको घाँटी पनि अँठ्याएका थिए । प्रहरीले ती खेलाडीलाई पक्राउ गरेको छैन ।
ओलम्पिक आयोजक कमिटिले घटनाप्रति चासो व्यक्त गरेको छ । त्यस्तै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
गएको हप्ता मोरक्कोका २२ वर्षका बक्सर हासन साडा र नामिबियाका जोनास जुनिउस मेडमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उनीहरुलाई प्रहरीले पक्राउ पनि गरेको थियो ।
Olympic
Rio
Rio Olympic