नेपालीहरुकाे अधिकारका लागि क्रियाशील अधिकारकर्मीलार्इ १ लाख अमेरिकी डलर पुरस्कार
भदाै - १ । नेपालीहरुकाे अधिकारका लागि क्रियाशील एक अधिकारकर्मीले एक लाख अमेरिकी डलर झन्डै एक कराेड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । लुना रञ्जितले याे वर्षकाे ग्रिनेल पुरस्कार प्राप्त गरेकी हुन् ।
लुना नेपाली आप्रवासीहरुको अधिकारका लागि क्रियाशिल संस्था ‘अधिकार‘की संस्थापक हुन । नेपालीभाषी आप्रवासीको अधिकारका लागि गरेको योगदानलाई सम्मान गर्दै लुनालार्इ उक्त पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ ।
ग्रिनेल कलेजले स्थापना गरेको यो पुरस्कार अन्र्तगत लुनाले ब्यक्तिगतरुपमा ५० हजार अमेरिकी डलर पाउने बताइएकाे छ । त्यस्तै संस्थाका लागि ५० हजार अमेरिकी डलर प्राप्त गरेको ग्रिनेल कलेजले जनाएको छ । आगामी अक्टुबर ४ तारिखमा उनलाई यो पुरस्कार प्रदान गरिने छ ।
Luna Web