खेल

इन्स्टाग्राममा नेइमारको लोकप्रियता

इन्स्टाग्राममा नेइमारको लोकप्रियता
Neymar23 भदाै - १ । सोसियल मिडियामा सेलिब्रिटीहरुको चर्चा आलोपालो गर्दै भइरहेको हुन्छ । कहिले एक चर्चित गायक त कहिले एक खेलाडी । यसै बिचमा ब्राजिलका फुटबल स्टार नेइमार केही समय यता बढ्दो लोकप्रियताका कारण चर्चामा छन् । इन्स्टाग्रामले सार्वजनिक गरेको विवरणमा नेइमारले पोष्ट गरेको फोटोलाई अत्याधिक मात्रामा रुचाइएको छ । रियो ओलम्पिकमा सहभागी करिब ११ हजार खेलाडी तथा पदाधिकारीमध्ये उनी इन्स्टाग्राममा सबैभन्दा बढी रुचाइएका खेलाडी बन्न पुगेका छन् । उनको तस्बिरमा ‘लाइक’ को बाढी नै आइरिएको छ । नेइमारले ओलम्पिकका खेल सम्पन्न भएको १० दिनमा १० वटा फोटो सार्वजनिक गरेका थिए। उनको तस्बिरमा १३ लाख ‘लाइक’ भएको बताइएको छ। ओलम्पिकमा फितलो सुरुवात गरेपनि ब्राजिल लिग चरणबाट माथि उठ्ने वित्तिकै उनको फोटोमा पनि मानिसहरूको उत्तिकै रुचि बढ्न थाल्यो। ब्राजिलले बुधबार होन्डुरसँग सेमिफाइनल खेल्दैछ।

brazil football neymar

विशेष