मनोरञ्जन

‘वीर विक्रम’ को प्रिमियर शोमा उपराष्ट्रपतिलाई नै किन बोलाइयो ? (फोटो र भिडियो सहित)

‘वीर विक्रम’ को प्रिमियर शोमा उपराष्ट्रपतिलाई नै किन बोलाइयो ? (फोटो र भिडियो सहित)
bir-bikram-premiere-nepalaaja-123 भदौ – १ । मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ को प्रिमियर शो गरिएकाे छ । वीर विक्रमकाे प्रिमियर शाेमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए । उपराष्ट्रपति पुनलार्इ कमर पोखरीस्थित सिटी सेन्टरमा वीर विक्रमकाे टाेलीले बाजागाजासहित पञ्चकुमारीद्वारा भव्य स्वागत गर्याे । उपराराष्ट्रपति जस्तो गरिमामय पदभार समालेका व्यक्तित्वले पनि नेपाली चलचित्रलाई माया गरेर आइदिएकोमा निकै खुशी महसुस गरेकाे निर्देशक चाम्सले बताए । सारा नेपालीको प्रतिनिधित्व गर्दै आफूले उपराष्ट्रपतिलाई आमन्त्रण गरेको उनले नेपालअाजलाई जानकारी दिए । बलिउडमा एउटा फिल्मको लागि सार्वजनिक बिदा दिइन्छ भने हाम्रो नेपालमा चलचित्रको लागि उपराष्ट्रपतिलाई बोलाउँदा कुनै नौलो विषय नभएको निर्देशन चाम्सले स्पष्ट पारे । उपराष्ट्रपति पुन प्रिमियर शाेमा उपस्थित हुनुले नेपाली चलचित्रप्रति राज्यको ध्यानाकर्षण भएकाे उनको भनाई छ । अाउँदाे ३ गतेदेखि देशै भर एकैसाथ प्रदर्शन हुन लागेकाे वीर विक्रमलार्इ राष्ट्रपति पुनले शुभकामना दिएका थिए । वीर विक्रममा दयाहाङ रार्इ, अनुप विक्रम शाही, विवेक लिम्बू, नजिर हुसेन, दिया पुन, वस्नत भट्ट अादि कलाकारकाे अभिनय देख्न सकिने छ । Bir-Bikram-Premiere-1-nepalaaja Bir-Bikram-Premiere-3-nepalaaja Bir-Bikram-Premiere-4-nepalaaja diya-pun-nepali-actress-nepalaaja Bir-Bikram-Premiere-5-nepalaaja Bir-Bikram-Premiere-nepalaaja [embed]https://youtu.be/YVU6H9ojGS8[/embed]  

bir bikram premiere show Birbikram City Center Nanda Bahadur Pun upa rastrapati in bir bikram premiere

विशेष