खेल

वर्ल्ड च्याम्पियनसिपका लागि खेलाडी छनोट

वर्ल्ड च्याम्पियनसिपका लागि खेलाडी छनोट
भदौ - १ । नेपाल सोतोकान कराते सङ्घले बुल्गेरियाको बरगास सहरमा आयोजना हुने २४ औँ सोतोकान कराते वल्र्ड च्याम्पियनसिपमा भाग लिने नेपाली खेलाडीको छनोट गरेको छ । सङ्घका प्रमुख प्रशिक्षक एवम् महासचिव धिर्जेमान तामाङ र वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठले आज छ सदस्यीय खेलाडीको छनोट गरेको हो । उक्त च्याम्पियनसिप आगामी असोज २१ गतेदेखि सञ्चालन हुनेछ । छनोट हुने खेलाडीमा ४० केजी तौलसमूहमा आदर्शविक्रम थापा, ५० केजीमा यमबहादुर तामाङ, ५५ केजीमा सुमन वाइवा र ६० केजीमा निरज महर्जन छन् । त्यसैगरी, ७० केजीमा रोशन मगर र महिलाको ५५ केजी तौलसमूहमा गीता सुनुवार छनोट भएका छन् । टिम प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठलाई चयन गरिएको सङ्घका सचिव एवम्म प्रमुख प्रशिक्षक तामाङले जानकारी दिए । रासस

wold Companionship

विशेष