खेल

राष्ट्रिय किर्तिमानबाट चुके एथलेटिक्स खेलाडी हरिकुमार

राष्ट्रिय किर्तिमानबाट चुके एथलेटिक्स खेलाडी हरिकुमार
Hari kumar भदाै - १ । नेपाली एथलेटिक्स खेलाडी हरिकुमार रिमाल रियो ओलम्पिकमा ५ हजार मिटर दौडको पहिलो चरणबाटै बाहिरिएका छन् । ओलम्पिकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेका उनी त्यसमा पनि चुकेका छन् । पाँच हजार मिटर दूरीको दौड रिमालले निर्धारित दूरी १४ मिनेट ५४ दशमलव ४२ सेकेण्डमा पूरा गरे । २५ खेलाडी सहभागी हिटमा उनी २३ औं स्थानमा रहे । हरिसँग दौडिने बेलायती कीर्तिमानी खेलाडी फराहले १३ मिनेट २५ दशमलव २५ सेकेण्डको समय निकाले । हरिको हिटमा इथियोपियाका हागोस गेब्रेह्वाइट १३ मिनेट २४ दशमलव ६५ सेकेण्डमा पूरा गर्दै पहिलो भए । १३ मिनेट २६ दशमलव ०२ सेकेण्डमा दुरी पूरा गर्ने खेलाडी दोस्रो चरणका लागि छनोट भएका छन् । ।

harikumar Rimal Olympic Rio Olympic

विशेष