नागरिकताभन्दा राहदानी लिने बढी
भदौ - २ । वैदेशिक रोजगारप्रतिको आकर्षणले जिल्लामा राहदानी लिनेको सङ्ख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार नागरिकताभन्दा राहदानी बनाउने बढी छन् । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर रहेको छ ।
राहदानी बनाउने १२ हजार २९ जना हुँदा नागरिकता लिने जम्मा सात हजार ७०६ जना छन् । रोजगारी र अध्ययनका क्रममा विदेश जानेको सङ्ख्या बढेसँगै राहदानी बनाउने बढेको सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले बताए ।
आव २०७१/७२ मा पनि सात हजारले नागरिकता बनाउँदा १५ हजार बढीले राहदानी बनाएका थिए । नागरिकले साधारण र दु्रत गरी दुवै सेवामार्फत राहदानी बनाउने गरेका छन् । गत आवमा पनि चार हजार ३१५ जनाले दु्रत सेवा प्रयोग गरी राहदानी लिएका थिए । बाँकीले भने साधारण सेवामार्फत जिल्ला प्रशासन कार्यालयबाटै राहदानी बुझेका थिए ।
दु्रत सेवाका लागि १० हजार र साधारणका लागि रु पाँच हजार दस्तुर लाग्ने व्यवस्था छ । बागलुङमा जिल्ला प्रशासन कार्यालय र बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रबाट राहदानी सेवा दिइने गरिन्छ । राहदानी लिनेको सङ्ख्या बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि आएको छ । राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । बागलुङका करिब ४० हजार युवा विदेशमा रहेको तथ्याङ्क छ । रासस
Baglung
Nepali Passport