समाज

आइएमएस ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न

आइएमएस ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न
20160817_125129 भदाै - २ । आइएमएस ग्रुप अन्तरगत सामाजिक सामाजिक दायित्वमा आवद्ध डीएम पाउन्डेशनले रेड क्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शेयर ब्लड, शेयर लाइफ भन्ने सन्देश सहित कम्पनीसँग आवद्ध व्यक्तिका साथै सर्वसाधरणहरु रक्तदान गरेका कम्पनीले बताएको छ । Blood Donation 2 आइएमएसको के.बी. प्लाजा, बीनामार्ग, काठमाडौं अवस्थित प्रमुख कार्यालयमा आयोजित उक्तकार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजे सम्मचलेको थियो । Blood Donation 1 “मेकिङ्ग अ डिफरेन्स” अर्थात समुदायमा केही सकारात्मक बद्लाव ल्याउँ भन्ने उद्देश्यले डीएम फाउन्डेशनले यो कार्यक्रम गरेको बताएको छ । त्यस यस किसिमका कार्यक्रमहरुको आयोजनागर्न आफ्नो प्रतिबद्धता तथा जोश व्यक्त उल्लेख गरेको छ । 20160817_123115 समुदायमा सकारात्मकप्रभावपार्न सबैको सामूहिक प्रयासको आवश्यकता पर्ने हुनाले यस किसिमकाकार्यक्रमहरु गर्नु अपरिहार्य रहेको विश्वास फाउन्डेशनको रहेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरु गरिरहने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।

Blood Donation IMS Group

विशेष