मनोरञ्जन

‘स्टुडेन्ट अफ दी यियर २’मा टाइगर स्रोफको कमाल

‘स्टुडेन्ट अफ दी यियर २’मा टाइगर स्रोफको कमाल
tigershroff759 भदौ – २ । करन जोहर निर्देशित फिल्म स्टुडेन्ट अफ दी यियर को सिक्वेल बन्ने पक्का भएको छ । सन् २०१२ को रोमान्टीक हिट बनेको उक्त फिल्मको सिक्वेल बन्ने खबर सन् २०१३ मै निर्देशक करन जोहरले ट्वीट गरेका थिए । अब भने त्यो खबरले पूर्णता पाएको छ । फिल्ममा टाइगर स्रोफ लिड रोलमा देखिँदै छन् । निर्देशक करन जोहरले त्यतिबेला नै फिल्मको सिक्वेलमा नयाँ पात्रहरु हुने बताएका थिए । त्यहि समयदेखि नै टाइगरको नाम चर्चामा रहेको थियो । हाल उनले ट्वाीटरमा ‘पूनित मलहोत्रा निर्देशित स्टुडेन्ट अफ दी यियर टाइगर स्रोफको साथमा’ भनेर पोष्ट गरेका छन् । जहाँ टाइगर स्वयमले खुशी व्यक्त गरेको भारतीय मिडियाले जनाएको छ । सन् २०१४ मा फिल्म ‘हिरापन्ती’ बाट बलिउडमा प्रवेश गरेका यी नायक अभिनेता ज्याकी स्रोफका छोरा हुन् । हाल उनी आफ्नो सुपर हिरो फिल्म ‘अ फ्लाइङ जाट’ को रिलिजको तयारीमा व्यस्त रहेको भारतीय मिडियाले जनाएको छ ।

Student Of The Year Tiger Sharoff

विशेष