प्रवास

'मल्टिनेसनल बिलिनियर' विनोद चौधरी ड्यालसमा

'मल्टिनेसनल बिलिनियर' विनोद चौधरी ड्यालसमा
Binod-Chaudhary भदौ – २ गैर आविससइय संघ (एनआरएन) टेक्सस चाप्टरको आयोजनामा हुन लागेका अन्तकृया कार्यक्रममा सहभागि हुन विनोद चौधरी अमेरिकाको ड्यालस पुगेका छन् । चौधरी यही अगष्ट २० तारिक ड्यालस पुगेका हुन् । एनआरएनले न्यूजर्सीमा क्षेत्रीय सम्मेलन आयोजना गर्दै छ । त्यही क्रममा चौधरी अमेरिकाका विभिन्न शहरमा आयोजना हुने छलफल कार्यक्रममा सहभागी हुने बताइएको छ । २० तारिकका दिन 'ड्यालसको अर्बिङस्थित नेपाली समाज टेक्सस' को हलमा साँझ ५ हुन लागेकाे अन्तरक्रिया कार्यकममा चाैधरी सहभागी हुने छन् । उक्त अन्तक्रिया कार्यक्रममा इच्छुक नेपालीलाई सहभागी हुन सक्ने छन् । खुद्रा व्यापारदेखि होटल, हाउजिङको समेत अनुभव रहेका चौधरीको अनुभवले प्रवासमा रहेका नेपाली व्यवसायीलाई समेत फाइदा पुग्ने विश्वास एनआरएनको छ । चौधरीजीसँग नेपालीले सिक्नुपर्ने थुप्रै व्यबसायीक कुराहरु एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले बताए । चौधरी नेपालका पहिलो बिलिनियर हुन् । उनीसँग अनुभवको आदान प्रदान गर्दै यहाँ लगानीका क्षेत्रका बारेमा समेत छलफल गर्ने कार्यक्रम गर्न सबै आतुर हुन्छन् । चौधरीले कसरी व्यबसायको क्षेत्रमा स्थापित हुन सफल हुन सके भन्नेदेखि लिएर उनका संघर्षका कथाहरु समेत छलफलमा राख्ने एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले भने । कपडा व्यापारबाट सुरु भएको चौधरी ग्रुपले अहिले नेपाल र बाहिरका देशहरुमा समेत चाउचाउ, होटल, रिटेल व्यापार, आवास परियोजनामा अर्बौ डलर लगानी गरेको छ । वाइवाई चाउचाउले चौधरी ग्रुपको व्यबसाय र साखलाई ह्वात्तै माथि बढाउन ठूलो भूमिका निर्वाह गरेको छ ।

America binod chaudhary

विशेष