समाज

कपनमा युवतीहरुबीच 'ग्याङ्फाइट', फिल्मी शैलीमा कुटपिट

कपनमा युवतीहरुबीच 'ग्याङ्फाइट', फिल्मी शैलीमा कुटपिट
girl fight भदौ – २ । कपनमा तीनजना युवतीले एक युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् । प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनले १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरुङ र मनता शाही तथा १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार पक्राउ गरेको हो । पसलमा बस्ने र अस्मिता सोही बाटो भएर हिँड्दै गर्दा कर्के नजरले हेर्ने गरेको विवादमा घटना भएको बताइएको छ । आफूलाई कर्के आँखाले हेरेको विषयमा तीनजना युवती मिलेर अर्की युवतीलाई मरणासन्न हुनेगरि कुटेको प्रहरीको भनाइ छ । बुधबार साँझ तीनैजना केटी पसलमा रहेको बेला अस्मितालाई आँदै गरेको देखेपछि फिल्मी शैलीमा कुटपिट गरेका थिए । कुटपिटपछि अस्मिता गम्भीर घाइते बनेपछि उनलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल पुर्याइएको थियो । ठाउकोमा चोट लागेका कारण हेल्पिङ ह्याण्डले दीर्घायु अस्पताल मित्रपार्कमा रिफर गरेको थियो । नियन्त्रणमा लिएका तीनैजना र घाइतेलाई बिहीबार परिवारको आपसी सहमतीम घटना मेलमिलापमा टुङग्याएको छ ।

Girl fight Kapan

विशेष