साउदीमा सजाय भुक्तान भइसक्दा पनि नेपाली युवा जेलमै छन्
भदौ ३ । साउदी अरबको जेद्दास्थित बुरेमान जेलमा रहेका ११ नेपाली सजाय भुक्तान गरको वर्षै वितिसक्दा पनि स्वदेश फिर्न पाएका छैनन । स्थानीय अदालले एक भारतीय नागरिक मारिएको मुद्दामा कसुर हेरी उनीहरुलाई दुईदेखि पाँच वर्षसम्म जेल सजाय सुनाएको थियो ।
‘हामीमाथि अन्याय भयो । एक त मुद्दाको फैसला नै ढीलो भयो । हाम्रो सजाय भुक्तान भइसक्दा पनि जेलमै थुनिइनुपरेको छ,’ बागलुङका कृष्णबहादुर दमाईले फोनमा भने ।
हत्या अभियोगमा पक्राउ परेका पाँच भारतीय नागरिकले लिएको बयानका आधारमा ११ नेपालीलाई पक्राउ गरिएको थियो । दमाइले आफूहरु उक्त घटनामा संलग्न नरहको बताए । ‘भारतीय नागरिकहरुको आपसी झगडामा कसैको मृत्यु भएको मात्र सुनेका थियौं, उनले भने, ‘मृत्यु हुने को हुने भन्नेसम्म चिन्दैनौं ।’ कान्तिपुर दैनिकबाट