समाज

भ्यागुतालाई भोज !

भ्यागुतालाई भोज !

Byaguta भदौ ३ । सबैका हातमा किस्ती । तिनमा ठूल्ठूला पात । पातमाथि सजाइएका छन, थरीथरी परिकार । गोलाकार पारेर काटिएका मुलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको छ । छरिता रोटीसँगै मौसमी तरकारी क्वाँटी र बोडी छुटाइएको छैन । रक्षाबन्धन धागो र सिन्दुर पनि त्यहीँ राखिएका छन् । छेवैमा धुवाइरहेको धूपले सुगन्ध फैलाइरहेछ ।

जनैपूर्णिमाका अवसरमा बिहीबार सबेरैदेखि मठमन्दिरमा भिड चुलिदैं जाँदा भक्तपुरका किसान भने यिनै सामाग्री बोकेर आफ्ना खेततिर लागे । अनि, आलीमा टुक्रुक्क बसेर ‘पाहुना’ डाक्न थाले ।पाहुना कुनै विशिष्ट आफन्त वा नातागोता थिएनन् ।

यो सत्कार थियो भ्यागुतालाई । किसानले भ्यागुतालाई परिकार पस्किदिए । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो दिए । सांकेतिक रुपमा सिन्दुर पहियाइदिए । अनि ऐना (भातमा गाडिएका मुलाका चाना) देखाइदिए । आफू हिँडेपछि भ्यागुताले खाने विश्वासमा उनीहरुको भाग त्यहीँ छाडिदिए । प्रकृतिपुजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वासका गर्छन् । र, त्यही गुन तिर्न वर्षको एक दिन उनीहरुलाई भोज खुवाउँछन् । नागरिक दैनिक

Bhyaguta

विशेष