स्वास्थ्य

मुटु स्वस्थ राख्ने उपायहरु

मुटु स्वस्थ राख्ने उपायहरु
heart धुम्रपानदेखि टाढा रहने धूम्रपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा हृदयघात बढि हुने सम्भावना हुन्छ । धूम्रपान त्याग गरेको खण्डमा कुनै पनि मानिस मुटको रोग लगायत लामो समयसम्म बाँच्न सक्छ । नुन कम खाने नुनको धेरे प्रयोगले उच्च रक्तचाप हुनुका साथै मुटुका धमनीहरु असामान्य रुपमा चल्दा मुटुको रोग बढ्ने खतरा हुन्छ । नुनिलो, आलु चिप्स, बदाम, प्याकेटमा राखिएको सुप र सस, टोम्याटो सस, फ्राई गरेको सागसब्जी, पोर्क, पिजा र तयारी मासु सकभर नखानु मुटको लागि राम्रो उपाय हो । डाइटको ख्यालगर्ने स्वस्थ डाइटले मुटुको रोग लाग्ने खतरा न्यून हुनुका साथै हृदयघात भएपछि पनि बाँच्ने सम्भावना बढी नै हुन्छ । पर्याप्त ताजा फलफूल र सागसब्जी, कार्बोहाइड्रेडयुक्त गेडागुडी, पास्तालगायत सन्तुलित भोजनको प्रयत्न गर्नुहोस् । बिस्कुट, केक र डेरीबाट उत्पादित चिल्ला र गुलियो खानेकुराहरुको खपत कम गर्न सकेको खण्डमा मुटु स्वस्थ राख्न सकिन्छ । मदिराको मात्रा अनुगमन गर्ने अत्यधिक मदिराको सेवनले अस्वभाविक रुपमा तौत बढ्न सक्छ र रत्तचापको खतरा हुन सक्छ तसर्थ मदिराको सेवनबाट टाढा रहनु नितान्त आवश्यक छ । पिउने आदत भएमन आजैदेखि दिनको एक वा दुई प्याकमा सीमित गर्नुहोस् । सदा सक्रिय रहने मुटु पनि एउटा मांसपेशी भएकाले यसलाई तन्द्रुस्त राख्न मुटुलाई पनि व्यायामको आवश्यकता पर्छ, ताकि हरेक मुटुको धड्कनमा यसले स्वस्थ रगत शरीरभरि फैलाउन सकोस् । दिनमा कम्तीमा ३० मिनेट औसत दरको व्यायाम गर्नु मुटुको लागि आवश्यक देािखन्छ । अत्यधिक मोटोपन भएका मानिसमा चिल्लो पदार्थ पनि अधिक हुने भएकाले उनीहरुमा औसत मानिसमा भन्दा ५ गुना बढी मुटु र चिनी रोग हुने सम्भावना हुन्छ । रक्तचाप र कोलस्ट्रोलको मात्र नियमित परीक्षण गर्ने जति मानिसमा उच्च रक्तचाप छ, त्यति नै आयु घट्ने सम्भावना हुन्छ । उच्च रक्तचाप भएका मानिसहरुमा ह्दयघातको बढी खतरा हुन्छ । सन्तृप्त चिल्लोबाट कलेजोले उत्पन्न गरेको रगतमा कोलस्ट्रोलको मात्र अधिक भएमा मुटुका धमनीमा चिल्लो बढ्नुका साथै ह्दयघात लगायतका मुटु रोग लाग्न सक्छ । कोलस्ट्रोलको तह घटाउन नियमित व्यायम र भोजनमा ख्यान गर्नुपर्छ । उच्च फाईबरयुक्त खानाहरु जस्तै गहँुको ढिडो, गेडागुडी, बदाम, फलफुल र सागपातको नियमित भोजनले कोलस्ट्रोलको मात्रा घटाउछ । तनाबबाट मुक्त हुने यदि माथिका उपाय अप्नाए पनि तपाईको जीवनमा तनाब छ भने कुनै न कुनै रुपमा मुटुमा समस्या हुन्छ । तसर्थ, ध्यान, व्यायम गरेर तनाबरहित जीवन जिउने कोसिस गर्ने वंशाणुगत रोगको पहिचान गर्ने कतिपय रोग वंशाणुगत हुन्छन् । आफ्नो परिबारका कोहीलाई उच्च रक्तचाप, उच्च कोलस्ट्रोल, मधुमेह र मुटुसम्बन्धी रोग लागेको छ भने परिवारका ाअन्य सदस्यमा पनि यसको बढी खतरा हुन सक्छ ।

Heart

विशेष