स्वास्थ्य

छङछङ परेको चामलमा होइन शरीरलाई चाहिने तत्व ढुटोमा हुन्छ

छङछङ परेको चामलमा होइन शरीरलाई चाहिने तत्व ढुटोमा हुन्छ

rice-bran-1617458कति स्वस्थकार छ तपाईको भोजन ? के तपाइले ब्राउन राइसको बारेमा कतै सुन्नुभएको छ ? के ब्राउन राइस महंगो हुन्छ ? तपाईलाई ब्राउन राईस अन्य चामल भन्दा फरक लाग्छ होला । यो धेरै महंगो हुन्छ र केवल विरामीले मात्र खान्छन् भनेर सोच्नुहुन्छ होला । तपाईका प्रश्नहरुको सटिक उत्तर यहाँ छ । चामलको विषयमा दोधारमा पर्नु भएको छ भने अब थाहा पाउनुहोस् मूल तथ्य ।

चामलको दानामा हल(भुस), ब्रान(ढुटो), जर्म(बिउ) र एन्डोस्पर्म(सेतो भाग) गरि चारवटा तहहरु हुन्छन् । धानको २० प्रतिशत भाग भुस हुन्छ । जब चामलको सबभन्दा बाहिरको भाग भुस(हल)  हट्छ त्यो चामल ब्राउन राइस बन्छ । भुस हटाएर बाँकी रहेको ८० प्रतिशत चामललाई ब्राउन राइस भनिन्छ । जुन निकै पोषिलो हुन्छ । हामीले नियमित रुपमा खाने चामलमा ब्रान(ढुटो) र बिउ(जर्म) हटाइन्छ । हटाएपछि ब्राउन राइस सेतो हुन्छ । चामलको सेतो भागलाई एन्डोस्पर्म भनिन्छ । एन्डोस्पर्मलाई पोलिस गरे पछि बजारमा बेच्न लगिन्छ । ब्राउन राइसमा ८ प्रतिशत ब्रान(ढुटो) र ४ प्रतिशत जर्म(बीउ) पाइन्छ । ब्राउन राइसमा कोलेस्ट्रोल र सोडियम निकै कम मात्रामा हुन्छ । यसमा पोटासियम, जिन्क र कपर पाइन्छ । यो डाइटेरी फाइबर, थायमिन, नायसिन, भिटामिन बी ६, प्यानथोनिक एसिड, आइरन, म्याग्नेसीयम, फोस्फोरस र ग्याग्नेजाइजको राम्रो स्रोत हो ।

14017960_1492765240749166_1885545796_n

जर्म(बीउ) धानको प्रजनन् गर्ने भाग हो जसले अन्य बीउलाई फलाउनमा मद्दत पुर्‍याउँछ । ब्राउन राइसमा यो ४ प्रतिशतको मात्रा हुन्छ । यसमा भिटामिन बी, हेल्दी फ्याट्स, फाइटो केमिकल्स्, र भिटामिन इ जस्ता पोषणयुक्त तत्व पाइन्छन् । धानको सेतो भागलाई एन्डोस्पर्म भनिन्छ । हामीले दैनिक जीवनमा खाने चामल नै सेतो चामल हो । हामीले खाने सेतो चामलमा ब्रान(ढुटो) ,हल(भुस) र जर्म(बिउ) लाई हटाइएको हुन्छ । हल(भुस) एउटा संरक्षण गर्ने तह हो जसमा मानिसको सेवनको लागि त्यस्तो कुनै पौष्टिक तत्व हुदैँन ।

नेपालमा सेतो चामल उपभोग गर्ने चलन छ । त्यसको मतलब हामीहरु चामलमा भएको पौष्टिक तत्वलाई गुमाउने गर्छौं । सेतो चामलमा चामलमा पाइने अधिकांश पौष्टिक तत्व हटाइएको हुन्छ । सेतो चामलमा गुणस्तरीय पौष्टिक तत्व हट्छ र यसमा निम्न स्तरका कार्बोहाइड्रेट, प्रोटिन र केही मात्रामा भिटामिन बी र मिनरल्स् पाइन्छन् । ब्राउन राइस आर्थिक र स्वास्थयको दृष्टिलेृ पनि गणस्तरीय हुन्छ । अन्य चामलको तुलनामा ब्राउन राइसमा धेरै पौष्टिक तत्व हुन्छ । ब्राउन राइसलाई मेसिनमा धेरै नपिसिने हुँदा यसमा धेरै पौष्टिक तत्व पाइन्छ । यसमा अन्य रङहरुको पनि प्रयोग गरिदैँन ।

ब्राउन राइस खानुका फाइदा यस्ता छन्

१) मुटु रोगबाट बचाउँछ । २) मोटोपनालाई नियन्त्रण गर्छ । ३) ब्राउन राइस शारिरिक सुगठन र उर्जाको राम्रो स्रोत हो । ४) नर्भस सिस्टमलाई सन्तुलित बनाउँछ । ६) क्यान्सरको खतरा कम गराउँछ । ७) पत्थरीबाट बचााउँछ । ८) दम र सुगरबाट टाढा राख्छ ।

ब्राउन राइसका आर्थिक लाभ

हामीले खाने सेतो चामल ब्राउन राइसबाटै निकालिने हुँदा सेतो चामलको तुलनामा ब्राउन राइसको उपभोगबाट चामलको उपभोगमा कमी आउँछ । ब्राउन राइसबाट सेतो चामल निकाल्न १२ प्रतिशत भाग (ब्रान र जर्म) फालिने गरिन्छ । यदि उक्त भागको सदुपयोग गर्न सकियो भने हाल उपभोग भइरहेको चामलको माग घट्छ । कम चामलले धेरैको भोक शान्त गर्न सकिन्छ ।

सामान्य कार्बोहाइड्रेट भएको सेतो चामल कति खाने ? पोषणको भरपूर प्रयोग किन नगर्ने ? सामान्य र नराम्रो प्रवृतिको कार्बोहाइड्रेटले मोटोपना ल्याउँछ । सेतो चामलले थोरै समयमै शरिरलाई उर्जा दिए पनि यसले शरिरमा सुगरको मात्रा बढाउँछ । त्यसका साथै सेतो चामलको सेवनले पाचन शक्तिमा समस्या ल्याउनुका साथै शरिरलाई थकित बनाउँछ ।

अब रोजाइ तपाईको हातमा ।

विशेष