ओलम्पिकमा स्वर्ण जित्दा पनि यी खेलाडी यति धेरै किन निराश ? कारण अनुमान गर्नुहोस्
एजेन्सी– विश्वभरका खेलप्रेमीहरुको मनमा अहिले यहि एउटा प्रश्न घुमिरहेको छ । ओलम्पिकको स्वर्ण पदक जित्दासमेत यी खेलाडी आखिर किन यति शान्त ? ओलम्पिकमा काश्य नै जित्ने पनि धेरै खुसी हुन्छन् । यहि तस्बिरमा पनि रजत र काश्य जित्ने निकै प्रफूल्ल देखिएका छन् । तर यी खेलाडी स्वर्ण जितेर पनि आफ्नो खुसी किन लुकाइरहेका छन् ?
यी खेलाडी हुन उत्तरकोरियाका रि से–ग्वाङ । जिम्न्यास्टिकको एक विधामा यी खेलाडीले रसियाली खेलाडीलाई पराजित गर्दै स्वर्ण जिते । निर्णायकले उनलाई विजयी घोषित गरेपछि उनले खुसीले हावामा पन्च हाने । तर जब मेडल लिने बेला भयो यनी निक्कै गम्भीर अवस्थामा पुगे । उनको यो गम्भीरताको कारण आखिर के थियो ? खुल्न सकेको छैन ।