प्रवास
स्याङ्जाका अग्निपीडितलाई पोर्चुगलकाे सहयाेग
शुक्रबार, ०३ भदौ २०७३ गते प्रकाशित
भदाै - ३ । स्याङ्जाको पेलाकोट गाविसस्थित चोकका अग्निपीडितलाई स्याङ्जा सहयोग समाज पोर्चुगलले राहत रकम प्रदान गरेको छ ।
आगलागीबाट पीडित बनेका सो स्थानका १९ घर परिवारलाई बिहीबार एक कार्यक्रमबीच समाजले सहयोगस्वरुप रु ५० हजार राहत रकम प्रदान गरेको हो । समाजका अध्यक्ष दामोदर सुवेदीसहितको एक टोली सोही स्थानमा पुगेर राहत रकम प्रदान गरिएको समाजका महासचिव डोलराज भण्डारीले जानकारी दिए ।
गत वैशाखमा भएको भीषण आगलागीबाट सो स्थानमा रहेको १९ घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीपछि घरबारबिहीन भएका पीडितलाई सहयोग गर्ने उद्देश्यअनुरुप पोर्चुगलमा राहत रकम सङ्कलन गरी रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ । रासस
potugal syangja