ताजा खबर

उप-प्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

उप-प्रधानमन्त्री निधि  र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता
Bimalendra nishi and susma Sworaj भदौ ३ । प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत पुगेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । निधिले शुक्रबार भारतका गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेकका हुन् । भेटवार्तामा आपसी हितका विभिन्न पक्षमा केन्द्रित भएको छ । दुवै देशबाट हुने उच्चस्तरको भ्रमणकाबारे पनि छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, निधिले बेलुकी ६ बजे भारतका राष्ट्रपति प्रणव मुखर्जी्विच भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र भारतका राष्ट्रपति मुखर्जीबाट हुने नेपाल भ्रमणको समय निश्चित गर्ने विषयमा उपप्रधानमन्त्री निधिले भारतका उच्च अधिकारीहरुसँग छलफलका लागि बिहीबार बेलुकी भारत गएका थिए ।

Bimalendra Nidhi susma sawaraj

विशेष