अमेरिकामा रहेका नेपालीको सवैभन्दा ठूलो संस्था एएनएको अध्यक्षमा डा. ढुंगाना
भदौ – ३ । नेपाली समुदायको अमेरिकामा रहेको संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए)को अध्यक्ष पदबाट रोज अधिकारीले राजीनामा दिएका छन् ।
गत अगष्ट १४ मा कार्यकारिणी समिति समक्ष अधिकारीले राजीनामा पेश गरेका थिए । अधिकारीको राजीनामालाई कार्यकारिणी समितिले स्वीकृत गरेर विधानतः वरिष्ठ उपाध्यक्ष डा. शम्भु ढुंगानालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यस्तै, अन्य कार्यकारिणी समितिमा पनि नयाँ नेतृत्वको चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा खगेन्द्र अधिकारी निर्वाचित भए ।
अमेरिकाबाट उपाध्यक्षमा विजयराज भट्टराई निर्वाचित भए भने क्यानडाबाट उपाध्यक्षमा मित्र काफ्ले निर्वाचित भएका छन् । महासचिवमा अनुप श्रीवास्तव, कोषाध्यक्षमा डा गम्भीर श्रेष्ठ, सूचना अधिकृतमा तुलसी जोसी निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा रमेश गुरुङ, जयमण्डल, श्याम सेढाई, श्रीधर कंडेल र नारायण श्रेष्ठ रहेका छन् ।
गत जुलाईमा भएको एटलण्टामा सम्पन्न भएको ३३औँ राष्ट्रिय सम्मलेन प्रश्चात अध्यक्ष अधिकारलीले अनौपचारीक रुपमा राजीनामा दिने घोषण गरेका थिए । अधिकारीको राजीनामा प्रश्चात उनी एएनएको बोर्ड अफ ट्रस्टि सदस्य रहने छन् ।
सन १९८३ मा स्थापना भएको एएनए उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा ठुलो संस्था मानिन्छ । हाल पाँच सय सक्रिय सदस्य रहेको एएनएले अमेरिका तथा क्यानडा दुवै मुलुकमा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै आइरहेको छ ।
aana america