खेल

क्रिष्टियानो अभ्यासका लागि पुनः मैदानमा

क्रिष्टियानो अभ्यासका लागि पुनः  मैदानमा
ronaldo भदौ – ३ । चोटग्रस्त भएर आराम गरिरहेका रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो अभ्यासमा फर्किएका छन् । फ्रान्समा भएको युरोकप २०१६ को उपाधि पोर्चुगलले जित्दा खेलको २५ औं मिनेटमा घाइते भएर मैदानबाट बाहिरिएका रोनाल्डो पुनः बिहीबार अभ्यासका लागि मैदानमा उपस्थित भएका हुन् । रियल म्याड्रिडको आउँदो हप्तामा हुने कुनै पनि खेलमा रोनाल्डो मैदान नउत्रिने बताइएको छ । चोटमुक्त भएर अभ्यासमा फर्किएका रोनाल्डो अभ्यासमा व्यस्त रहने छन् । तर, रोनाल्डो अर्को शनिबार घरेलु मैदान सान्टियागो बर्नबाउमा हुने सेल्टा भिगोविरुद्धको खेलमा मैदान उत्रिन सक्ने बताइएको छ ।

football Ronaldo

विशेष