कर्पोरेट

एनसेलले ल्याउँदै मोबाइल फाइनान्सियल सर्भिस

एनसेलले ल्याउँदै मोबाइल फाइनान्सियल सर्भिस
Ncellभदौ – ३ । एनसेलले आफ्नो सेवा बढाउँदै मोबाइलबाटै आर्थिक कारोबार गर्न मोबाइल फाइनान्सियल सर्भिस सुविधा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकले ग्राहकलाई मोबाइल फाइनान्सियल सर्भिसहरु प्रदान गर्नका लागि छुट्टै कानुनी व्यवस्थाको नीति ल्याएको थियो । राष्ट्रट बैंकको नीति अनुसार, मोबाइलबाटै वित्तीय कारोबार गर्नका लागि टेलिकम कम्पनीले आफ्नो सब्सिडायरी कम्पनी खोलेर राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ । सरकारको यो नीति अनुसार नै एनसेलले पनि फाइनान्सियल सर्भिस सेवा दिने बताएको हो ।

[su_pullquote align="right"]राष्ट्रट बैंकको नीति अनुसार, मोबाइलबाटै वित्तीय कारोबार गर्नका लागि टेलिकम कम्पनीले आफ्नो सब्सिडायरी कम्पनी खोलेर राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ ।[/su_pullquote]

मोबाइल प्रयोगकर्ताको संख्यामा वृद्धिसँगै यसबाट गर्न सकिने वित्तीय तथा आर्थिक कारोबारका सेवाहरुको मागमा पनि वृद्धि भईरहेको छ । मोबाइल फाइनान्सियल सर्भिसहरुमा मोबाइलबाटै भुक्तानी, ऋण दिने वा लिने, पैसा निकाल्ने वा तिर्ने, कसैलाई पैसा उठाउने वा पठाएको पैसा लिने लगायत थुप्रै प्रकारका वित्तीय तथा आर्थिक कारोबारहरु पर्दछन्, जसले बैंकिङ्ग सेवा पुग्न नसकेको ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई बा्र्रन्चलेस बैंकिङ्ग सेवाको अवधारणा अनुरुप धेरै फाइदा पु-याउने छ । तथ्यांक अनुसार अहिले देशमा विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी १ करोड ६१ लाख वटा बचत खाता छन् र तिनीहरु मध्ये १५ लाखले मोबाइल बैंकिङ्ग सेवाबाट फाईदा लिईरहेका छन् । त्यसैगरी ईन्टरनेट बैंकिङ्ग सेवाको प्रयोग गर्ने उपभोक्ताको संख्या झण्डै ५ लाखको हाराहारीमा पुगेको छ ।

Ncell

विशेष