फुड

विषाक्त खानाले एकै परिवारका ११ सदस्य अस्पतालमा

विषाक्त खानाले एकै परिवारका ११ सदस्य अस्पतालमा
food-poisoningभदौ – ३ । बाराको विरगन्जमा फुड प्वाइजनका कारण एकै परिवारका ११ जना बिरामी परेका छन् ।

[su_pullquote align="right"]चिकित्सक डा.राकेश चौरसियाले गएराति उनीहरुले फोहोरयुक्त खानेकुरा खाएपछि यस्तो समस्या आएको बताए ।[/su_pullquote]

बेलहिया–४ का रामबाबु रामको परिवारका ११ सदस्य विषाक्त खानाका कारण बिरामी परेका हुन् । उनीहरुको अहिले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । गएरातिको खानाले उनीहरुमा फुड प्वाइजन भएको पाइएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ । चिकित्सक डा.राकेश चौरसियाले गएराति उनीहरुले फोहोरयुक्त खानेकुरा खाएपछि यस्तो समस्या आएको बताए । खाना खाई सुत्ने बेलामा अचानक सबैको पेट दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने समस्या आएपछि अस्पताल पु¥याइएको थियो । राति पकाएको तरकारीमा माउसुली परेको हुन सक्ने परिवारका सदस्य रुपेश रामले अनुमान गरेका छन् ।

Food Poison

विशेष