Technology

ट्वीटरले बन्द गर्यो २ लाख ३५ हजार एकाउन्ट

ट्वीटरले बन्द गर्यो २ लाख ३५ हजार एकाउन्ट
twitter_example_1024_by_archive_alicorn-d7gb97a भदौ – ३ । सामाजिक सञ्जाल ट्वीटरले उग्रवादी भएको भन्दै झण्डै साढे दुई लाख एकाउन्ट बन्द गरेको छ ।

[su_pullquote]गएको फेब्रुअरीमा ट्वीटरले हिंसा भड्काउन खोजेको र आतंकवाद फैलाउन खोजेको भन्दै एक लाख २५ हजार एकाउन्ट बन्द गरेको जनाएको थियो ।[/su_pullquote]

विद्रोही समूहलाई प्रोत्साहन गर्ने खालका २ लाख ३५ हजार एकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ । गएको फेब्रुअरीमा ट्वीटरले हिंसा भड्काउन खोजेको र आतंकवाद फैलाउन खोजेको भन्दै एक लाख २५ हजार एकाउन्ट बन्द गरेको जनाएको थियो । ट्वीटरले यसरी एकाउन्ट बन्द गरेको यो दोस्रो पटक हो । यसअघि पनि विद्रोही समूह आइएससँग सम्बन्धित रहेका एकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ । ट्वीटरले यस्तो उग्रवादी सन्देश फैलाउन खोज्ने प्रयोगकर्ताको संख्या दैनिक ८० जना हुने गरेको र उनीहरुको एकाउन्ट बन्द गरिदै आएको जनाएको छ । विगतमा समाजमा आंतक फैलाउन खोज्ने र सामाजिक हिंसा फैलाउने खालका पोस्टमाथि कुनै कदम नचालेको भन्दै ट्वीटरमाथि विरोध हुँदै आएको थियो ।

Twitter twitter Account

विशेष