देश

सुकुम्बासी आयोगको मुद्दा विचाराधीन रहेकाले काम गर्न कठिन– मन्त्री पाण्डे

सुकुम्बासी आयोगको मुद्दा विचाराधीन रहेकाले काम गर्न कठिन– मन्त्री पाण्डे
bikram-pandey भदौ - ३ । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले बाढीपीडित र सुकुम्बासी बस्तीको समस्या समाधान गर्न आफू लागिपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र चितवनको माडीमा आज स्थानीयले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

[su_pullquote align="right"]सर्वोच्च अदालतमा सुकुम्बासी समस्या समाधान आयोगको मुद्दा विचाराधीन अवस्थामा रहेकाले काम गर्न केही कठिन भएको भन्दै उनले यसतर्फ आफू गम्भीर रहेको प्रतिक्रिया दिए।[/su_pullquote]

चितवनको माडी बाँदरझुला, बरुवा तथा वसन्तपुर क्षेत्रमा बाढीपीडित र सुकुम्बासीका सयाैँ परिवार रहेको भन्दै उनले समस्या समाधानमा आफूले पहल गर्ने आश्वासनसमेत दिए । सर्वोच्च अदालतमा सुकुम्बासी समस्या समाधान आयोगको मुद्दा विचाराधीन अवस्थामा रहेकाले काम गर्न केही कठिन भएको भन्दै उनले यसतर्फ आफू गम्भीर रहेको प्रतिक्रिया दिए। माडीमा आज भएको कार्यकर्ता भेटघाटका क्रममा मन्त्री पाण्डेलाई सार्वजनिक जग्गामा बस्दै आएका बाढीपीडित तथा सुकुम्बासीले बस्ती व्यवस्थापनको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । पीडित परिवारले आफूहरुलाई उचित व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । पीडित श्रीमाया भण्डारीले जग्गा कहीँ नभएपछि सार्वजनिक जग्गामा बस्नुपरेको दुखेसो पोखिन्। मन्त्री पाण्डेले विस्तृत अध्ययनपश्चात् आफूले स्थानीयका माग सम्बोधन गर्ने आश्वासन दिए । सो क्रममा उनले नगरस्तरीय फुटबल प्रतियोगिताका लागि रु एक लाख एक हजार सहयोग गर्ने घोषणासमेत गरे । रासस

Bikram Pandy Chitawan

विशेष