मनोरञ्जन

अख्तियार केन्द्रित गाईजात्रा

अख्तियार केन्द्रित गाईजात्रा
k|1f ejg sdnfbLdf cfof]lht ltt]lh/] ufOhfqf sfo{qmddf g]tfx?sf] gSsn …Sofl/s]r/Ú k|:t't ub}{ xf:o snfsf/x? . tl:a/ k|lbk jGt, /f;; भदौ - ३ । नेपालमा देखाइने हास्यव्यङ्ग्य र गाईजात्रे प्रहसन प्रायः राजनीतिक दल र तिनका नेता केन्द्रित हुने गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘तिते–जिरे गाईजात्रा महोत्सव’ मा भने यस वर्ष नेताभन्दा धेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई व्यङ्ग्य गरियो । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले ‘अख्तियार अनुसन्धान प्रालि’ मार्फत उनको नक्कल गरेका थिए । केही समयअघि कार्कीलाई संसद्को सुशासन समितिले सुनुवाइका लागि बोलाउँदा नआएको कुरालाई प्रहसनमा समेटिएको छ । कार्कीले आफूहरुलाई पनि भ्रष्टाचारको मुद्दा लगाउने डरले सांसदहरु डराएको र उहाँ आफू भने निस्फिक्री रहेको त्यसमा देखाइएको छ ।

[su_pullquote align="right"]प्रम दाहालको भूमिका निभाएका गिरीको अभिनयले दर्शक निरन्तर हसाउन सफल भएको छ भने ओलीको अभिनय गरेका ज्योति काफ्लेले पनि चरित्रमा न्याय गरेका छन् ।[/su_pullquote]

कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको ‘तितो सत्य’ समूहको प्रहसन ‘अस्पताल’मा त झन् कार्कीलाई महाभियोग लगाएर हटाउनुपर्छ भन्दै अनशन बसेका प्रा डा गोविन्द केसीलाई देखाइएको छ । जसको अभिनय रमेश अधिकारीले गरेका छन् । त्यहाँ पनि अख्तियार र कार्कीको प्रशङ्ग बारम्बार उठ्छ । सोही क्रममा नक्कली डाक्टरको प्रशङ्ग पनि बारम्बार आउँछ । दीपकराज गिरीको नेतृत्वमा रहेको यो प्रहशनमा राजनीतिक घोचपेच नभएको होइन । प्रधानमन्त्री पुष्पकमल दाहाल र निवर्तमान प्रम केपी शर्मा ओलीको दोहोरीमार्फतको घोचपेज देख्न पाइन्छ । सो मुख्यतः सरकार परिवर्तनको विषय यसमा समावेश छ । प्रम दाहालको भूमिका निभाएका गिरीको अभिनयले दर्शक निरन्तर हसाउन सफल भएको छ भने ओलीको अभिनय गरेका ज्योति काफ्लेले पनि चरित्रमा न्याय गरेका छन् । यो प्रहशनमा दीपाश्री निरौला, रवि डङ्गोल, पूर्ण थापा, कुमार गजुरेल, आरपी भट्टराई आदि कलाकारको समेत अभिनय छ । त्यस्तै ‘जिरे खुर्सानी’ र ‘हाकाहाकी समूहको प्रहशनमा ‘मापसे’मा रक्सी खानेलाई जस्तै घुस खानेलाई पनि कारबाही गर्न अनुरोध गरिएको छ । यसमा जितु नेपाल, दमन रुपाखेती, शिवहरि बैरागी नेपाल, हिमा कोइराला, निरज नेपाल आदि कलाकारले अभिनय गरेका छन् । त्यसैगरी ‘ब्रेकफेल’ र ‘हाकाहाकी’ समूहको प्रस्तुति ‘म्यारिज ब्यूरो’मा चीन र भारत दुई छिमेकी देशसँगको प्रशङ्ग देखाइएको छ । जसमा शिवहरि पौडेल, किरण केसी, शिवशङ्कर रिजाल, सुरेन्द्र केसी, मनोज आचार्य, सविता गुरुङ, कविता शर्माको प्रहशन रहेको छ । साथै कार्यक्रममा टीका भण्डारीको वैदेशिक हस्तक्षेपविरुद्धको तथा यमन श्रेष्ठको नेताले देखाएका विकासका सपनाबारेको प्यारोडी गीतले पनि दर्शकलाई बाँधी राख्छ । महोत्सव यही भदौ १८ गतेसम्म चल्नेछ । रासस

Baburam Bhattari Deepa Shree Deepak KP Sharma Oli Prachanda

विशेष