समाज

यातायात व्यवस्था विभागः जहाँ राज चल्छ सिन्डिकेटवालाहरुको

यातायात व्यवस्था विभागः जहाँ राज चल्छ  सिन्डिकेटवालाहरुको

yatayat bebastha bivagभदौ ४ । –क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारीसाधनलाई तत्कालै नियन्त्रण गरी कारबाही गर्नू । –यातायात निरीक्षक तत्कालै नियुक्त गरी अनुगमनलाई निरन्तरता दिनु । – लामो दुरीमा सवारीमा अनिवार्य दुइृजना चाल राख्नू । नराखे कारबाही गर्नू । – रामार्गका ५ सय मिटर वरपर मदिरा बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाउनू । – मापर्ने गर्ने चालकलाई ५० हजार चरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेजको व्यवस्था  ६ महिनाभित्र गर्नू ।

०७१ पुन २१ गते तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका कर्मचारीलाई तत्कालै लागू हुनेगरी यी निर्देशन दिएका थिए । तत्कालीन भौतिक पूूर्वाधार तथा यातायात सचिव तुलसी सिटौलाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले बुझाएको ‘सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी प्रतिवेदन बुझ्दै पौडेलले दुर्घटना न्युनीकरणका लागि उक्ता निर्देशन दिएका थिए । प्रतिवेदन अन्य सुझावालई कार्यान्वयनमा लैलान पनि उनले निर्देशन दिए ।

उक्त निर्देशनको ठीक १९ महिनापछि काभ्रेको बीर्ता देउरालीमा क्षमताभन्दा बढी यात्रु बोकेको बस दुर्घटना भयो । दुर्घटनामा ४० जनाको ज्यान भयो । चालीसजना घाइते छन् ।

विभागले उक्त निर्देशन कार्यान्वयनमा ल्याउन नसक्नुको एउटै कारण थियो व्यवासायीको दबाब । नागरिक दैनिकबाट

विशेष