प्रवास
हङकङबाट मिर्गाैलापीडितलाई आर्थिक सहयोग
शनिबार, ०४ भदौ २०७३ गते प्रकाशित
भदाै - ४ । इलामस्थित इलाम बजारका मिर्गाैलापीडित मानबहादुर राईलाई उपचारार्थ आर्थिक सहयोग गरिएको छ ।
इलाम हङकङ समाजले शनिबार आयोजित कार्यक्रममा राईलाई उपचारार्थ रु ५५ हजार ८० आर्थिक सहयोग गरेको हो ।
समाजकी उपाध्यक्ष दीपा एवाई राईले इलामेली समाज काठमाडौँ अध्यक्ष राधेश्याम लेकालीमार्फत राईलाई सहयोग हस्तान्तरण गरीएकाे हो ।
सहयोग हस्तान्तरण गर्दै उपाध्यक्ष राईले आफूहरुको सहयोगले राईलाई केही उपचार गर्न सहयोग मिल्ने बताउँदै इलामको समाजसेवामा सदैव तयार रहेको बताइन । राई एक महिनादेखि विराटनगरमा उपचारार्थ थिए । उनका दुवै मिर्गौला खराब भएका छन् ।
चिकित्सकले दुवै मिर्गाैला प्रत्यारोपण गर्ने भने तापनि आर्थिक अभावले समस्या परेको इलामेली समाज काठमाडौँका अध्यक्ष लेकालीले जानकारी गराए। उनले राईको उपचारार्थ अन्य ठाउँबाट पनि सहयोग रकम सङ्कलन गरिने बताए। रासस
hongkong
mirgaula piditlai arthik shayog