खेल

रियो ओलम्पिकमा निशा रावलकाे परीक्षा

रियो ओलम्पिकमा निशा रावलकाे परीक्षा
nishaभदौ ४ । रियो ओलम्पिक अन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले शनिबार साँझ ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्दै छिन् । ६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । निशाले चीनकी जेङ शुयिङसँग प्रतिस्पर्धा गर्ने छिन् । उनले गत वर्ष दक्षिण कोरियाको ग्वान्झाउमा भएको युनिभर्सिटी ओलम्पियाडमा ७३ केजी मुनीको प्रतिस्पर्धाकी स्वर्ण विजेता हुन् । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी निशालाई चिनियाँ खेलाडी जेङसँगको खेल कठिन हुनेछ । वाइल्ड कार्ड पाएर ओलम्पिकमा छनौट भएकी निशाले शनिबारको खेलमा जेङलाई हराउन सकेन क्वाटरफाइनलमा पुग्ने छिन् । जेङसँग पराजित भए पनि उनीसँग राम्रो भिडन्त गर्न सफल भएमा उनी कास्यका लागि रेपेचार्ज राउन्डमा भिड्न पाउनेछिन् । निशाले आफूले तयारी राम्रो गरेको र जतिसक्दो राम्रो प्राविधिक खेल खेल्ने बताएकी छन् । निशा रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी हुन् । नेपालले रियो ओलम्पिकमा तेक्वान्दो, पौडी, एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको छ । पौडी, एथलेटिक्स र आर्चरीका खेलमा नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

nisha rawal Rio Olympic

विशेष