
भदौ – ४ । बिहीबार सम्पन्न भारतकी पिभी सिन्धु र स्पेनकी क्यारोलिना मारिनबीच भएको खेलमा नेपालका दीपक थापाले रियो ओलम्पिक अन्तर्गत महिला ब्याडमिन्टनको फाइनल खेलमा लाइन जजको भूमिका निर्वाह गरेका छन् ।
रियोसेन्ट्रोको पवेलियन–४ मा भएको स्वर्णको प्रतिस्पर्धामा थापाले कोर्ट अफिसियलको भूमिका निर्वाह गरेका हुन् ।
[su_pullquote align="right"]थापा ३ जना लाइन जजमध्ये फाइनलका लागि छानिएका थिए । उनी ओलम्पिकमा पहिलो ब्याडमिन्टन रेफ्रीको रुपमा नेपालबाट छानिएका हुन् ।[/su_pullquote]
थापा ३ जना लाइन जजमध्ये फाइनलका लागि छानिएका थिए । उनी ओलम्पिकमा पहिलो ब्याडमिन्टन रेफ्रीको रुपमा नेपालबाट छानिएका हुन् ।
अन्तराष्ट्रिय ब्याडमिन्टन संघले विगत चार वर्षदेखि अन्तराष्ट्रिय प्रतियोगितामा उनले गरेको उत्कृष्ट निर्णयका आधारमा उनलाई रियो ओलम्पिकका लागि अफिसियलमा छनोट गरेको थियो ।
थापाले ओलम्पिकको २१ खेलमा अफिसियलको भूमिका निर्वाह गरेका थिए । उनले गरेको उत्कृष्ट निर्णयको आधारमा उनलाई फाइनलका लागि पनि छनोट गरिएको हो ।
र याे पनि
Deepak Thapa
Rio Olympic