प्रवास

केसी पक्षद्वारा नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन बहिस्कार गर्ने चेतावनी

केसी पक्षद्वारा नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन बहिस्कार गर्ने चेतावनी
Nepali-Congress-new-file भदौ – ४ नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन हुन केही घण्टा बाँकी रहँदा दुई पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । डिपी कँडेल र रोशन केसी गरी दुई पक्षमा विभाजित भई निर्वाचनमा होमिएका जापानवासी नेपाली काँग्रेसका समर्थकहरुले प्रवासी भातृ संगठनको नयाँ नेतृत्व चयनमा आरोप पत्यारोप गरेका हुन ।

[su_pullquote align="right"]डिपी कँडेल र रोशन केसी गरी दुई पक्षमा विभाजित भई निर्वाचनमा होमिएका जापानवासी नेपाली काँग्रेसका समर्थकहरुले प्रवासी भातृ संगठनको नयाँ नेतृत्व चयनमा आरोप पत्यारोप गरेका हुन ।[/su_pullquote]

नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन हुन केही घण्टाको अवधीमा एक पक्ष र अर्को पक्षवीच आरोप पत्यारोप तथा निर्वाचन समितिले सक्षम भूमिका निर्वाह नगरेको आरोप लगाईएको छ । कँडेल पक्षबाट निर्वाचन समितिले समयमा काम गर्न नसकेको आरोपका साथै आर्थिक स्रोतका विषयमा जानकारी माग गरे पछि शुक्रवार साँझ विवाद चर्किएको थियो । विवाद साम्य हुन नपाउँदै नपाउदै रोशन केसी पक्षले कँडेल पक्षले सयभन्दा वढी मतदाताहरुको कागजपत्र फर्जि बनाएको बताएको छ । केसी पक्षले तत्काल समाधान नखोजिए निर्वाचनमा सहभागिता नहुने चेतावनी दिएका छन । पूर्व कृयाशिल सदस्यहरुलाई सरुवा गराई जनसम्पर्क समितिमा स्थानान्तरण सदस्यतामा व्यापक त्रुटि गरेको भन्दै केसी पक्षकाले तत्काल यसवारेमा निर्णय गर्न दवाव दिएका छ । केसी पक्षले एक विज्ञप्ती जारी गर्दै सभापतिमा प्रत्यासी रोशन केसी सहित उनको पुरै प्यानलले निर्वाचनमा सहभागिता नहुने चेतावनी दिएको हो । जनसम्पर्क समिति जापानको यहि २०१६ अगस्ट २१ तारिख हुन लागेको छैठौ अधिवेशनको निर्वाचन समितिले भने निर्वाचनको तयारी अन्तम चरणमा पुगेको जानाएको छ । Notice-1 Notice-2

र याे पनि

जापानमा टुट्यो संगीतको तार

Japan Nepali Jansampark Samiti Japan

विशेष