प्रवास

अमेरिकाकाे ड्यालसमा नेपालीहरुकाे चलपल वढ्यो

अमेरिकाकाे ड्यालसमा नेपालीहरुकाे चलपल वढ्यो
NRNAभदौ – ४ । गैर आवासीय नेपाली संघ (एनआरएन) ड्यालस च्याप्टरको आयोजनामा हुन गइरहेको अन्तरक्रिया कार्यक्रममा एनआरएन पदाधिकारी साथै नेपालीहरु अमेरिकाको ड्यालस आउँदै छन् ।

[su_pullquote align="right"]अमेरिकाको न्यजर्सीमा आगमी अगस्त २७ र २८ मा हुन गैरहेको नबौ क्षेत्रीय भेलामा सहभागी हुने नेपाललगायत विश्वका अन्य मुलुकहरुबाट ठूलो संख्यामा विभिन्न व्यक्तित्वहरु अमेरिका आउने क्रम जारी छ ।[/su_pullquote]

अमेरिकाको न्यजर्सीमा आगमी अगस्त २७ र २८ मा हुन गैरहेको नबौ क्षेत्रीय भेलामा सहभागी हुने नेपाललगायत विश्वका अन्य मुलुकहरुबाट ठूलो संख्यामा विभिन्न व्यक्तित्वहरु अमेरिका आउने क्रम जारी छ । यसैबीच एनआरएन आईसीसीका उपाध्यक्ष एवं होटेल व्यवसायी कुमार पन्त, जर्मनबाट ड्यालस पुगेका छन् । यसै कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका विनोद चौधरी अमेरिका विभिन्न राज्यमा रहेका नेपालीहरुसँग अन्तरक्रियामा व्यस्त छन् । उनी एनआरएन टेक्सस च्याप्टरको आयोजनामा हुने अन्तरक्रियामा सहभागी हुन चौधरी अमेरिका पुगेका हुन् । नेपाली समाज टेक्ससको अर्बिङस्थित नेपाली मन्दिरको हलमा शनिबारदेखि सञ्चालन हुने उक्त अन्तरक्रियात्मक छलफलमा चौधरीसंगको अनुभवको आदानप्रदान लगायत अन्य विशिष्ट पाहुनाहरुका विचारहरूमा छलफल गरिने आयोजक एनआरएन टेक्सस च्याप्टरको जनाएको छ ।

Binod Chaudhray Nrn amerika

विशेष