खेल

नेपालकाे अन्तिम खेल तेक्वान्दोमा पनि पराजय

नेपालकाे अन्तिम खेल तेक्वान्दोमा पनि पराजय
nisha भदौ - ४ । ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालको अन्तिम खेल महिला तेक्वान्दो खेलाडी निशा रावलले २-० अंकका अाधारमा हार बेहाेर्नु परेकाे छ । उनले तेक्वान्दोको ६७ केजी भन्दामाथिको तौल समूहमा चीनकी सुयिन झिङसँग नेपाली प्रतिस्पर्धा गरिन्। रियोस्थित कारिओका एरिना–३ मा उत्रँदा उनले गतवर्ष भएको युनिभर्सिटी ओलम्पियाडमा ७३ केजी मुनिको प्रतिष्पर्धाकी स्वर्ण जितेकी झिङसँग भिड्नुपर्ने थियाे नेपालका लागि ओलम्पिकमा खाली सहभागितामा सिमित रहेकाबेला अन्तिम आशा निशाले पनि कठिन प्रतिस्पर्धी पाएकी थिइन् । सन् २००४ मा सङ्गीना वैद्यले ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन् । अहिले तिनै सङ्गीना निशाकी प्रशिक्षक छिन् । निशा भने ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेलमा सहभागिता जनाएकी थिइन ।

विशेष