विचार

प्रधानमन्त्री ज्यू, आयल निगमका यी महाभाइरसलाई कारबाही गर्न सक्नुहुन्छ ?

प्रधानमन्त्री ज्यू, आयल निगमका यी महाभाइरसलाई कारबाही गर्न सक्नुहुन्छ ?
Gobinda Khadka Oli Nigam प्रधानमन्त्रीज्यू, म एक गृहणी हुं । सँगै, पत्रकारिताको पृष्ठभूमी भएकी सचेत नागरिक पनि हुं । तपाईप्रति सकारात्मक धाराणा राख्ने र तपाई सफल भइदिए हुन्थ्यो भन्ने सोच राख्ने मध्येकी एक हुं ।

[su_pullquote align="right"]जनै पूर्णिमा र गाईजात्रा तथा शनिबारलाई कारण देखाउंदै पेट्रोल पम्पलाई इन्धन विवतरण गरिएन । अत्यावश्यक वस्तु सप्लाइ गर्ने निगमका कर्मचारीले बिदा मनाउँदा आम उपभोक्ता मर्कामा परे । त्यसको सोझो असर नयाँ सरकारप्रतिको हेराइमा परेको छ ।[/su_pullquote]

प्रारम्भिक छनक हेर्दा तपाई केही गर्न खोजेजस्तो र बास्तबमै आम जनताका दैनन्दिन समस्यामा केन्द्रीत रहेजस्तो पाएकी छु । जनतालाई पशुपतिमा नेपालको भट्ट की भारतको भट्ट भन्नुभन्दा पहिले आफ्नो भान्छाको चिन्ता हुन्छ भन्ने व्यवहारिक ज्ञान तपाईले हाशिल गरेको अनुभुति गरेकी छु । तपाईले चाहंदाचाहंदै पनि काम गर्न दिइंदैन भन्ने पनि राम्रै हेक्का छ । तपाई त्यस्तो टिमको कमाण्डर हो जुन टिम तपाईको खिलापमा छ । कर्मचारीतन्त्रको केही पहिलेको निर्वाचनमा माओवादीको कमजोर स्थिति देखियो । कूलीन कर्मचारी र गैरमाओवादी कर्मचारीको चर्को असहयोगलाई तपाईले राम्रोसँग चिर्न सक्नुभएन भने सिंहदरबारभित्रै तपाई भुत्ते बनाइने निश्चित छ । यसको ज्वलन्त उदाहरण नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का हुन् । शनिबार उपत्यकाका पेट्रोल पम्प बन्द रहे । कतिसम्म भने सरकारी पेट्रोल पम्प समेतले अत्यावश्यक सेवाका लागि बाहेक इन्धन उपलब्ध गराएनन् । नाकावन्दीकै अवस्थामा देश देखियो । नाकावन्दी थियो ? थियो । तर, भारतको होइन । नेपाल आयल निगमको । जनतालाई चाडबाडका बेला सास्तीमा पारेर आयल निगमको नेतृत्वले सरकारका बिरुद्धमा मोर्चाबन्दी गरेको प्रष्टै देखिएको छ । जनै पूर्णिमा र गाईजात्रा तथा शनिबारलाई कारण देखाउंदै पेट्रोल पम्पलाई इन्धन विवतरण गरिएन । अत्यावश्यक वस्तु सप्लाइ गर्ने निगमका कर्मचारीले बिदा मनाउँदा आम उपभोक्ता मर्कामा परे । त्यसको सोझो असर नयाँ सरकारप्रतिको हेराइमा परेको छ । सेना, प्रहरी, अस्पतालजस्तै नेपाल आयल निगम पनि अति संवेनशील निकाय हो । तर, यो निकायले बारम्बार सरकारलाई कमजोर बनाउने गरी भुमिका निर्वाह गर्दै आएको छ । नाकावन्दीको पृष्ठभूमीबाट गुज्रिएका आम उपभोक्ताले केही दिन यता निगमको गैरजिम्मेवारीका कारण अनाहकमा दुःख पाइरहेका छन् । यस्तो प्रवृत्तिको नेतृत्व गरिरहेका छन्ः गोपालबहादुर खड्काले । यसअघि केपी ओली नेतृत्वको सरकारमा आपूर्ती मन्त्री रहेका गणेशमान पुनले खड्कालाई बर्खास्त गर्ने तयारी गरेका थिए । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको ठाडो हस्तक्षेपमा उनीमाथि कारवाही गरिएन । बरु, खड्काको सम्पत्ति छानबिनका लागि भन्दै अख्तियारले पत्राचार ग-यो । अख्तियारले छानबिन थालिरहेको सवालमा अरु किन जान्ने हुंने भन्ने सन्देश दिनका लागि त्यसो गरिएको थियो । अख्तियार प्रमुख कार्कीका ज्वांइ गोपाल खड्का यसर्थ सरकारभन्दा माथि दरिसकेका छन् । उनको आर्थिक हैसियत आम नेपालीले कल्पना गर्नेभन्दा माथि रहेको प्रष्टै छ । दक्षिण कोरियाको सिओलमा आलिसान महल बनाइसेकको स्रोतले बताएको छ । उनको अमेरिकामा समेत कारावार रहेको बताइन्छ । यि आम जनताको मर्काबाट लाभ उठाउने व्यक्ति हुन् । ३ दिन इन्धन अभाव हुंदा अब केही दिनसम्म लाइन देखिने छ । अघिपछि एक लिटर थाप्नेले पनि ट्याङ्की र ग्यालेन भर्नेछ । किनकि उपभोक्तलाई इन्धन अभावको सन्देश दिइसकिएको छ । यस्तो परिदृश्य निम्ताएर बन्दै गरेको प्रचण्ड छबी धुमिल बनाउने प्रयत्न भइरहेको छ । जनताले प्रश्न गरेका छन्ः क्रान्तिकारी भनिएको प्रचण्ड प्रधानमन्त्री हुँदा आयल निगमका सबै कर्मचारीले बिदा मनाउन हुन्छ । यदि हुन्छ भने सबै सेना, प्रहरी र चिकित्सकले बिदा मनाए के हुन्छ ? विगतमा पनि ओली सरकारलाई थप अफ्ठयारोमा पार्न खड्काले नाकावन्दीको बेलामा समेत सार्वजनिक बिदामा निगमलाई बन्द गर्ने गर्दथे । मन्त्री र प्रधानमन्त्रीको निर्देशनलाई समेत उनले लत्याउने गरेको समाचारमा पढिएको थियो । निगमकै अर्कमण्डयताका कारण सरकारले निजी क्षेत्रलाई इन्धन आयात गर्ने लाइसेन्स दिने निर्णय गरेको थियो । आठ उद्योगीले त्यसका लागि मनसायपत्र पनि लिइसकेका थिए । माओवादी ओली नेतृत्वको सरकारबाट बाहिरिएपछि अल्ममतमा परेको सरकारले सो निर्णय खारेज गरिदियो । स्रोतका अनुसार तपाई निकटका एक व्यवसायीले पनि मनसायपत्र लिएका थिए । अर्कोतर्फ माओवादी मन्त्रीले गरेको निर्णय खारेज गरेर ओलीले माओवादीसँग प्रतिसोध साँधेका थिए । निगम निर्विकल्प छ । र, निगमको नेतृत्वमै मैमत्ता खड्का छन् । अनि तपाईकाे जनजीवन सहज बनाउने वाचा कसरी पूरा हुन्छ, प्रधानमन्त्रीज्यू ? खड्काले गैरजिम्मेवारीको पराकाष्ठा प्रदर्शन गरेका छन् । तपाईले खड्कालाई कारबाही गर्न सक्नुभएन भने अन्य भाइरस पनि सक्रिय हुंन थाल्नेछन् । बिस्तारै तपाई बोल्ने मात्र केही गर्न नसक्ने गोलचक्करमा फस्नुहुनेछ । तत्काल खड्कासँग स्पष्टिकरण लिन र कारवाही प्रक्रिया अगाडि बढाउन नभुल्नुहोला । राधा शर्मा बानेश्वर

Gopal Khadka Nepal Oil Corporation pm puspa kamal dahal prachanda Radha Sharam

विशेष