समाज

जिउँदो बाख्रा पोखरीमा फालिने जात्रा

जिउँदो बाख्रा पोखरीमा फालिने जात्रा
P]ltxfl;s ufpF vf]sgfdf cjl:yt b] k'v' kf]v/Ldf lhpFbf] s'df/Lkf7L afv|f kmfn]/ hfqf dgfpFb} ufpFsf o'jfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;; भदौ -  ४ । ऐतिहासिक गाउँ खोकनामा अवस्थित दे पुखु पोखरीमा जिउँदो कुमारीपाठी बाख्रा फालेर मनाइने जात्रा मनाइएको छ । हरेक वर्षको भाद्र कृष्ण द्वितीयाका दिन यो पर्व मनाउने गरेको स्थानीय नरोत्तम श्रेष्ठले बताए । प्राचीनकालदेखि नै यो जात्राको प्रारम्भ भएको बताइएको छ । प्राचीनकालमा पोखरीको वरिपरि रहेको जिउँदै प्राणी आजकै दिन हराउने गरेकाले त्यसलाई निरन्तरता स्वरुप यो पर्व मनाउँदै आएको स्थानीयवासीले बताएका छन् । जिउँदो कुमारीपाठीलाई पोखरीमा फालेर बाहिर आउन नदिई मार्ने चलन भएको उनको भनाइ रहेको छ । बाख्रालाई पोखरीमा फालेपछि बाहिर आउन नदिन पोखरीको वरिपरि मानिसको भीड लाग्ने गरेको छ । उक्त जात्रा हेर्नका लागि छिमेकी गाउँ बुङ्मती, चापागाउँ, डुकुछाप, सुनाकोठी, थेचोलगायतका बासिन्दा आउने गरेको बताइएको छ । यसैगरी, ऐतिहासिक क्षेत्र खोकनामा आज नेवार समुदायले गाईजात्रा पर्व मनाएको छ । भाद्र कृष्ण प्रतिपदाको दिन जात्रा मनाउने प्रचलन रहे तापनि यहाँ भने त्यसको भोलिपल्ट मनाउने गरिन्छ । P]ltxfl;s ufpF vf]sgfdf cjl:yt b] k'v' kf]v/Ldf lhpFbf] s'df/Lkf7L afv|f kmfn]/ hfqf dgfpFb} ufpFsf o'jfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;; आजकै दिन एकवर्षभित्र दिवङ्गत भएकाहरुको सम्झनामा उनीहरुका आफन्तले गाई वा मानिसलाई गाईका रुपमा सिङ्गारेर गाउँ परिक्रमा गर्ने प्रचलन रहेको छ । गाईजात्रामा सहभागी टोलटोल परिक्रमा गर्ने क्रममा दिवङ्गत भएका आफन्तलाई श्रद्धालुबाट विभिन्न फलफूल, दही, रोटी, केराउ दान गर्ने चलन रहँदै आएको छ । दिवङ्गत भएकाका आफन्तले उनीहरुको सम्झनामा गाउँ परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने जनविश्वास रहेको पाइन्छ । मल्लकालीन राजा प्रताप मल्लका पुत्र चक्रवर्तिन्द्रको निधनले रानी भावविह्वल भएर शोकमा डुबेको अवस्थामा दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन गाईजात्रा प्रारम्भ भएको किंवदन्ती रहेको पाइन्छ । यसैगरी, चापागाउँमा रोपाइँ जात्रा भव्यताका साथ मनाइएको छ । जात्रामा सहभागीहरुले खर्पन, कोदाली, चाँदी, धानको बीउ, खाजा पानीलगायतका सामग्री लिएर यो जात्रा मनाउने गरिन्छ । चापागाउँको झ्यालीपाटीदेखि सुरु भएको जात्रा चन्द्रभैरव मन्दिरमा पुगेर सम्पन्न भएको स्थानीय दिलीप कर्माचार्यले बताउनुभयो । रोपाइँ जात्रासँगै यहाँ विभिन्न प्रकारका जात्रासमेत मनाउने गरिन्छ । विशेषगरी यहाँ लाखे जात्रा आकर्षणको रुपमा हेर्ने गरिन्छ । यसमा अनुहार मखुन्डोले छोपेर नाचगान गर्ने चलन रहेको छ । साथै, विभिन्न झाँकी निकालेर जात्रा मनाउने परम्परा रहेको छ । रासस

Patha

विशेष