ओलम्पिकमा जर्मनी महिला फुटबल टोलीलाई पहिलो स्वर्ण पदक
भदौ – ४ । फाइनलमा स्वीडेनलाई २–१ ले हराएउँदै जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको छ ।
रियो ओलम्पिकमा भएको महिला फुटबल फाइनलमा जर्मनीका लागि डिजेडसेलिफर मारोजानले ४८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । सोही खेलको दौरानमा स्वीडेनकी लिन्डा सेमब्रन्टले ६२ औं मिनेटमा आत्मघाती गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारिन् ।
स्वीडेनका लागि स्टीना ब्ल्याकस्टाइनिएसले ६७ औं मिनेटमा एक गोल फर्काइन् । तर खेलमा फर्किन पर्याप्त रहेन र स्वीडेनले रजत पदकमा चित्त बुझाएको छ । जर्मनी क्यानडालाई हराएर फाइनलमा आएको थियो ।
यसैबीच, रियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा क्यानडाले आयोजक ब्राजिललाई २–१ ले हराएर क्यानडाले कास्य पदक जितेको छ ।
German
German football
German ladies football
Rio Olympic 2016