खेल

फेरि हारिन निशा

फेरि हारिन निशा

Nisha-Rawal-Nepal भदो ५ । नेपालकी तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिक अन्तर्गत शनिबार राति कास्य पदकका लागि भएको ६७ केजीमाथिको स्पर्धामा क्वाटरफाइनलमा पराजित भएकी छन् । शनिबार बेलुका भएको अन्तिम १६ को खेलमा चीनकी जेङ सुयिङसँग २–० ले पराजित भएकी निशा पराजित भएको उत्कृष्ट खेलाडी बन्दै कास्य पदकका लागि क्वाटरफाइनल खेलेकी हुन् । तर राति भएको खेलमा निशा फ्रान्सकी ग्वलाडेस इपाङसँग ४–३ ले पराजित भएकी हुन् ।

यो खेलमा विजयी भएको भए निशाले कास्य पदकका लागि प्रतिस्पर्धा गर्न पाउने थिइन् । रियो ओलम्पिकमा सहभागी भएका नेपाली खेलाडी मध्ये क्वाटरफाइनलसम्म पुग्ने निशा एक मात्र प्रतिस्पर्धी हुन् ।

nisha rawal

विशेष