खेल

स्वारेजको ह्याट्रिकसंगै वार्सिलोनाको शानदार जित

स्वारेजको ह्याट्रिकसंगै वार्सिलोनाको शानदार जित

Barca भदौ ५ । डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा शानदार सुरुवात गरेको छ । शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसलाई ६–२ गोल अन्तरले हराएको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले छैटौं मिनेटमा नै टुरानको गोलबाट अग्रता लिएको थियो । तर, २१ औं मिनेटमा कास्ट्रोले बराबरी गोल गरे ।

३७ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे भने ४२ औं मिनेटमा स्वरेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३–१ को अग्रता लिन सफल भयो । दोस्रो हाफको ५६ औं मिनेटमा स्वरेज र ५७ औं मिनेटमा मेस्सीले गोल गरे । ८२ औं मिनेटमा स्वरेजले हृयाट्रिक पुरा गरे ।

Barca

विशेष