मनोरञ्जन

रेखा, कोमल र दीपाश्रीको कुनैपनि हालतमा बिहे नहुंने माताको भविष्यवाणी

रेखा, कोमल र दीपाश्रीको कुनैपनि हालतमा बिहे नहुंने माताको भविष्यवाणी
Reka & others

गायिका कोमल अाेलीले ‘पोइल जान पाम भन्दै गीत गाउंने लाष्टै चोटी हो’ बोलको तीज गीत निकालेकै बेला एक माताले उनको विवाह नहुंने ठोकुवा गरेकी छिन् । पूर्वी नेपालमा प्रख्यात माता सबिता आचार्यले गायिका ओलीको विवाह ग्रह कटिसकेको दाबी गरेकी छिन् । त्यस्तै उनै माताले नायिका रेखा थापाको पुर्नविवाहको लेखान्तर नरहेको जनाएकी छिन् ।

माताले रेखालाई पुर्नविवाहका लागि प्रयाससमेत नगर्न सुझाएकी छिन् । उनले भनिन्, ‘रेखाले अब विवाह गरे राम्रो हुंदैन । विवाहको साटो सामाजिक कार्य र राजनीतिमा लागे राम्रो देखिन्छ ।’ रेखा भेट्न आएका बखत आफुले उनलाई पुर्नविवाह नगर्न सल्लाह दिइसकेको उनले खुलाशा गरिन् । ‘मन्त्री बन्ने र ‘मदर टेरेसा’ जस्तो विश्वप्रसिद्ध बन्ने योग छ, विहेबारी तिर नलाग्नुहोस् भनि सल्लाह दिएकी छु ।’ उनले कुराकानीका क्रममा प्रष्ट गरिन् ।

[caption id="attachment_20824" align="alignnone" width="799"]Mata सविता आचार्य[/caption]

गायिका कोमल वलीसँग माताको भेट इटहरीमा भएको थियो । माताले भविष्यवाणी गर्न सक्ने थाहा पाएपछि कोमल वलीले आफ्नो विहेका बारेमा सोधेकी रहिछन् । कुरा छिपाउन नसक्ने माताले भनिदिइछन्, ‘बिहेको योग टरिसक्यो । अब सम्भव छैन ।’ भविष्यवाणी सुनेपछि कोमलले लज्जाउंदै ‘विवाहको योग कटिसकेछ है’ भन्ने प्रतिक्रिया दिएको माताले सुनाइन् ।

गायिका वलीपनि सामाजिक क्षेत्रमा लागे राम्रो हुंने माताको सुझाव छ । माताले कलाकार दिपाश्री निरौलाको पनि विवाह योग नरहेको प्रष्ट गरेकी छिन् । फिल्मी दुनियाँमा दीपकराज गिरीकी श्रीमतीका रुपमा अभिनय गर्ने दीपाको रियल दुनियाँमा कोही श्रीमान नहुंने उनको भनाइ छ । माता सबिताकोमा नेतादेखि कलाकार र सर्वसाधरण पनि आफ्नो भविष्यका बारेमा जान्नका लागि धाउँने गर्दछन् । नेपालमा राजतन्त्र फर्किन्ने उनको भविष्यवाणीले यसअघि निकै चर्चा पाएको थियो । भन्ने भविष्यमाणि गरिसकेकी छिन् । नेपाली माता, सरु माता र माता सविताका नामले परिचित सविता आचार्य अचम्म अचम्म लाग्ने भविष्यवाणीमार्फत चर्चामा आउने गर्दछिन् ।

Sabita Acharya

विशेष