खेल

एएफसी कप फुटबल क्लबको प्लेअफमा थ्रीस्टारको विजयी सुरुवात एर्चिम २–० गोल अन्तरले पराजित

एएफसी कप फुटबल क्लबको प्लेअफमा थ्रीस्टारको विजयी सुरुवात एर्चिम २–० गोल अन्तरले पराजित

Threestar भदौ ५ । एएफसी कप फुटबलको प्लेअफ छनौटको पहिलो खेलमा थ्रस्टार क्लबले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबलाई पराजित गरेको छ । आइतबार राजधानी उलनबटारमा भएको पहिलो खेलमा थ्री स्टारले एर्चिमलाई २ – ० ले पराजित गरेको हो ।

थ्री स्टारको जितमा कप्तान विक्रम लामा र अफ्रिकन खेलाडी मार्टिन्स कायोडे अजायीले एक एक गोल गरे । मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा भएको खेलमा खेलको १३ औँ मिनेटमा मार्टिन्सको गोलबाट थ्री स्टारले अग्रता लिएको थियो । पहिलो हाफ १ – ० ले अघि रहेको थ्री स्टारले दोस्रो हाफमा अग्रता दोब्बर बनायो । खेलको ८० औँ मिनेट कप्तान विक्रम लामाले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरेका थिए ।

एर्चिमसंगको जितसंगै थ्री स्टारले अर्को चरण प्रवेशको सम्भावना कायम राखेको छ । आइतबार नै सुरु प्ले अफ छनोटको समूह ‘बि’मा रहेको थ्रीस्टारले अब कम्बोडियाको नागावोर्लड फुटबल क्लबसंग मंगलबार खेल्ने छ ।

football Three Star Club

विशेष