११ बिरालो पालेकी जरीनलाई बाघ पाल्ने भूत सवार
एजेन्सी– बलिउडकी चर्चित नायिका जरीन खानलाई अहिले बाघ पाल्ने रहर पलाएको छ । जरीन बिरालो पाल्ने शौखिन हुन् । बिरालोको शौखिन भएकै कारण जरिनले ११ वटा बिरालो पालेकी छन् । घर पालुवा जनावर पाल्ने उनको शौखले नयाँ स्तर लिएको छ । उनलाई अब भने बाघ पाल्ने रहज जागेको छ ।
कुनै पनि लोप हुन लागेका जनावरहरुलाई आफूले अपनाउनु नै तिनलाई लोप हुनबाट बचाउने उपाय हो भन्ने जरीनको बुझाइ छ । उनले बाघलाई पाल्ने भनेर घरमा ल्याएर पाल्ने भन्ने निर्णय गरेकी होइनन् । यसको अलावा उनले बाघलाई एउटा निश्चित ठाउँमा राखेर त्यसलाई उचित खानेकुरा र त्यसको औषधि खर्च तिरिदिने निर्णय लिएको भारतीय मिडियाले जनाएको छ । उनी यति उत्साहित छिन् कि उनले बाघको नाम के राख्ने भनेर पनि सोचिसकेकी छिन् । तर बाघको नाम खुलाइएको भने छैन ।