![lyld nfos"df e}/j gfr dWok'/ lyld nfos"df zlgaf/ dWo/ftdf e}n KofvF -e}/j gfr_ k|bz{gL ub}{ snfsf/ . ljut $% jif{b]lv aGb /x]sf] pQm nfos" e}/j gfr utjif{b]lv :yfgLojf;Lsf] ;lqmotfdf ;~rfngdf cfPsf] xf] . dªunaf/;Dd x/]s lbg a]n'sL k|bz{gL x'g] e}/j gfrdf kfFr snfsf/ /x]sf 5g . tl:a/ M /Tg >]i7, /f;;](/images/2016/08/nil-4.jpg)
भदाै - ५ । इसापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेशमा सञ्चालन भएर सात वर्षअघि बन्द भएको महाकाली नाच नगदेशमा सुरु भएको छ ।
अर्थाभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द सो नाच स्थानीय युवाको सक्रियतामा सुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताएका छन् । नाचका संयोजक तुइलाल ज्यापूले गाईजात्राको भोलिपल्टको रातिदेखि सञ्चालन हुने महाकाली नाच चार दिनसम्म राति करिब ७ बजेदेखि सुरु भएर १२ बजेसम्म चल्ने जानकारी दिए । युवा पुस्ता रहेको नाचमा आठ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता छ ।
मल्लकालीन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब रु आठ लाखदेखि रु १० लाख खर्च हुने भएपछि स्थानीय बासिन्दाबाट रकम सङ्कलन गरिएको छ । आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिन अक्षयकोषको स्थापना गर्ने तयारी भएको महाकालीगण नाच व्यवस्थापन समितिका कृष्णलाल घजुले जानकारी दिए ।
महाकाली नाचमा महाकाली, महालक्ष्मी, कौमारी, सिंह र म्ह्यखा, मैसासुर दैत्य एक एक, भूत भैरव, कवं, ख्याक र माकः (बाँदर) दुई दुई तथा बेता चार गरी १८ देवगणको सहभागिता हुन्छ ।
नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, चोर, जल, अग्नि, वायु, भूकम्प र चट्याङको भय नहुने जनविश्वास छ । नाचको सुरुआत र समापनमा विशेष पूजाआजा गरिन्छ । नाचका क्रममा आठ कुखुरा र दुई बोकाको बलि चढाउनुपर्ने परम्परा रहेको महाकाली नाचका गुरु घजुले बताएका छन् ।
नर्तक (कलाकार)ले लगाउने पोसाक, मुकुन्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित देखिन्छ । महाकाली नाचमा विभिन्न २१ ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा छ । मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शनी हुनेछ ।
त्यसैगरी मध्यपुरथिमिमा पैँतालिस वर्षअघिदेखि बन्द भई गत वर्षदेखि स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक लाय्कु भैरव नाच गए रातिदेखि सुरु भएको नाच सञ्चालन एवम् व्यवस्थापन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।
![lyld gub]zdf dxfsfnL gfr dWok'/ lyld gub]zdf ;ft jif{kl5 dxfsfnL gfr zlgaf/ a]n'sLb]lv k|bz{g ub}{ gt{s-snfsf/_x? . dxfsfnL gfrdf dxfsfnL Ps, dxfnIdL Ps, sf}df/L Ps, l;+x Ps, a]tf rf/, e"t e}/j b'O{, sj+ b'O{, Vofs b'O{, dfsM -afFb/_ b'O{, Dxovf -do"/_ Ps / d};f;'/ b}To Ps u/L !* gt{s 5g . dªunaf/;Dd x/]s lbg a]n'sL gub]zsf ljleGg 7fpFdf of] gfr k|bz{gL x'g]5 . tl:a/ M /Tg >]i7, /f;;](/images/2016/08/nil1.jpg)
दुई दुई भैरव र दाःगि (कुमारी) तथा एक ज्यापु गःचा गरी पाँच देवगण रहने छ । कलाकारहरुले एक महिनादेखि प्रत्येक दिन साँझ नाच अभ्यास गरिरहेका थिए ।
गाईजात्राको भोलिपल्टको रातिदेखि सुरु हुने सो नाच चार रातसम्म नचाइने छ । नाच सञ्चालनका लागि खर्च हुने करिब रु आठ लाख स्थानीयवासीबाट सङ्कलन गरिएको श्रेष्ठले जनाएका छन् ।
धाँ बाजाका ३० देखि ३२ तालमा नचाइने सो नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ । नृत्यनाथ (नासःद्य)को प्राङ्गणमा नचाउन भने अनिवार्य छ । मन्त्रोच्चारण गरी नाच निकालिइसकेपछि समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने र शुद्ध भएर बस्नुपर्ने प्रचलन छ ।
प्राचीनकालमा मध्यपुरथिमिमा भूत, प्रेत र पिशाचले दुःख दिन थालेकाले त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःका रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट भैरव नाच निकाली भूत, प्रेत र पिशाच भगाउने गरिएको जनविश्वास छ ।
त्यसैगरी मध्यपुरथिमिकै बोडेमा पनि गए राति १२ बजेदेखि प्रसिद्ध नीलबाराही नाच सुरु भएको छ । नाच बिहान, दिउँसो र राति टोल टोलमा देखाउने गरिन्छ । नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराहीस्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ । प्रत्येक टोलका चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाका तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
तान्त्रिक नियममा बाँधिएर रहनुपर्ने सो नाचमा देवगणमा भैरव एक, द्वारपाल दुई तथा बाराही, कुमारी, गणेश र सिंह चार चार गरी १९ देवगणको समूह रहेको हुन्छ । देवता र देवताका सहयोगी १९, १९, बाजा बजाउने नौ र गुरु छ गरी नाचमा १०० जनाभन्दा बढी व्यक्ति क्रियाशील रहने हुन्छन् । रासस